सूचना र प्रविधि

औषधी व्यवसायी संघ,साझा र जेसिजको उस्तै काम,पत्रकार र महासंघप्रति समान ध्यान



कपिलवस्तु १९ बैशाख नेपाल औषधी ब्यवसायी संघ कपिलवस्तु र जेसीसले एकैदिन  कपिलवस्तुका संचारकर्मीलाई मास्क, सेनिटाईजर र पंजा प्रदान गरेका छन् । शुक्रवार छुटटा छुटटै स्थान र समयमा ती दुबै सस्थाले उस्तै काम मार्फत  पत्रकार र पत्रकार महासंघप्रति समान ध्यान दिएका हुन । औषधी ब्यावसायी संघले तौलिहवामा पत्रकार महासंघ मार्फत उक्त सामान हस्तान्तरण गरेको हो ।


संघका जिल्ला अध्यक्ष डा धर्मराज भट्टराईले ६० थान मास्क, ५० थान सेनिटाईजर र ३ सय पंजा पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसाललाई हस्तान्तरण गर्नु भएको थियो  । संघका अध्यक्ष भट्टराईले कोरोना भाईरसको जोखिमका बावजुत स्वास्थ्यकर्मी , सुरक्षाकर्मी र संचारकर्मीले अहोरात्र खटेर काम गरिहेको भन्दै सुरक्षित तरिकाले कार्यस्थलमा काम गर्न सहजताकालागि संचारकर्मीलाई सो सामाग्री प्रदान गरिएको बताउनु भयो । साथै संघले  जिल्लाका स्वास्थ्य कर्मीलाई ४० थान पिपिई बितरण गरेको समेत बताउनु भयो । 

                उहाँले  यस्तो जोखिमका बेला यो सामाग्रीले संचारकर्मीलाई फिल्डका काम गर्न सजिलो हुने बिश्वास ब्यक्त गर्नु भयो  । सो अवसरमा पत्रकार महासंघका केन्द्रिय सदस्य  एवं प्रदेश ५ का संयोजक बसन्त गिरीले  कोरोनो संक्रमणका बेला जोखिम मोलेर जनतालाई सुसुचित गर्ने   संचारकर्मीलाई दिईएको यो सुरक्षा सामाग्रीले केही भए पनि हौसला बढेको बताउनु भयो  । यो जोखिमको बेला गरिएको सहयोग आफैमा एउटा राम्रो काम भएको उहाँले औल्याउनु भयो । 

        पत्रकार महासंघका जिल्ला अध्यक्ष भुसालले संचारकर्मीलाई दिईएको यस प्रकारको सुरक्षा सामग्रीले  पत्रकारहरुलाई फिल्डमा खटेर काम गर्न सहज हुने बताउनु भयो  । पत्रकार महासंघका प्रदेश सदस्य मनोज कुमार श्रीवास्तवले लकडाउनका बेला मारमा परेका बेला संचारकर्मीले पाएको यो सानो सहयोगले केही भए पनि राहत मिलेको बता औल्याउनु भयो  । कार्यक्रम  संघका महासचिव मनिराम पाण्डेयको सञ्चालनमा भएको हो । यता कपिलवस्तु जेजिस , कपिलवस्तु वन पैदवार , हथौसा लिटिल स्टार बोर्डिङ स्कुलको पहलमा कपिलवस्तुका पत्रकारलाई  शुक्रवार साझा हस्पिटल प्रालि वुटवलले सुरक्षा सामग्री प्रदान गरेको छ ।        नेपाल पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेको रोहवरमा प्रालिका सञ्चालक एवं मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय वरिष्ठ उपसभापति गोबिन्द खनालले जेसिस कपिलवस्तुका अध्यक्ष मनोज क्षेत्रीलाई २सय २५ थान समिरा माक्स , १५सय थान  पञ्चा , १५ थान ५ सय मिलिलिटर सेनिटाइजर प्रदान गर्नु भएको हो । अहोरात्र सुरक्षाको जोखिम मोल्ने सञ्चारमाध्यमलाई थोरै भए पनि सहयोग मिलोस् भन्दै सुरक्षा सामाग्री बितरण गरिएको खनालले बताउनु भयो । जेसिसका अध्यक्ष क्षेत्रीले जिल्लाभरका मिडिया हाउसमा काम गर्ने पत्रकारलाई सुरक्षा सामग्री प्रदान गरिने बताउनु भयो ।

        जेसिसका पुर्व अध्यक्ष गोपाल ज्ञवालीले सानो सहयोगले पत्रकारलाई केहि हौसला मिल्ने बताउनु भयो । संस्थाका महासचिव प्रबिन पौडेलले कोरोना भाइरस बिरुद्ध जेसिसले गाउँ गाउँमा डाक्टर अभियान सञ्चालन गरि करिब २ सय घरपरिवारमा स्वास्थ्य सेवा दिएको कार्यक्रममा बताउनु भएको थियो । कार्यक्रममा डाक्टर लक्ष्मण शर्मा , बिजय आचार्य लगायतको उपस्थिती रहेको जेसिसले जनाएको छ ।  

प्रकाशित : १९ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६