ब्रेकिंग न्युज

ओलीले अध्यक्ष र प्रधानमन्त्री दुबै नछाड्ने महासचिव पौडेलको ठोकुवा, हटाउन खोज्नेवाटै प्रस्ताव फिर्ता हुने दावि



काठमाडौं २० बैशाख ।सत्तारुढ नेकपाभित्र प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्रीबाट केपी ओलीले राजीनामा नदिए हटाउने तयारी गरिरहेका बेला महासचिव विष्णु पौडेलले दुवै पदबाट ओली नहट्ने दाबी गरेका छन् ।पार्टीभित्रको विवादका बेला कुनै पक्षमा खुलेर नबोल्ने गरेका महासचिव पौडेल केपी ओलीलाई हटाउने तयारीको भने खुलेर विपक्षमा उभिएका छन् ।सचिवालय बैठकको पूर्वसन्ध्यामा संचारकर्मीसंग विशेष कुराकानी गर्दै नेकपा महासचिव पौडेलले ओलीको राजीनामा माग्ने कुरा अनुचित र असान्दर्भिक भएको बताए ।भैंसेपाटीस्थित निवासमा कुरा गर्दै उनले ‘राजनीतिक अस्थिरता र पार्टीलाई अकल्पनीय संकटमा धकेल्ने राजीनामाको प्रस्ताव’ प्रचण्ड र माधव नेपाल लगायतका नेताले फिर्ता लिने विश्वाससमेत व्यक्त गरे ।

    केही दिनअघि नेता बामदेव गौतमको निवासमा भएको भैंसेपाटी गठबन्धनको बैठकमा सहभागी भएपछि महासचिव पौडेलको भूमिकाबारे पार्टीमा चर्चा चलिरहेकै बेला उनले केपी ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद छाड्न नहुने पक्षमा उभिएका हुन् ।महासचिवको हैसियतले उनी नेताहरुबीच समझदारी कायम गर्न लागिरहेका छन् । पौडेलले भने, अहिले प्रधानमन्त्रीको राजीनामाको प्रस्ताव नै अनुचित छ । उहाँले पार्टी र सरकारको नेतृत्व छाड्नुपर्ने कारण छैन र छाड्नु पनि हुन्न ।’केपी ओली र प्रचण्डबीच केही असमझदारी देखिएको भएता पनि समझदारीमा फर्किने पौडेलको विश्वास छ । अनलाइनखबरसँगको कुराकानीमा महासचिव पौडेलले भने, ‘दुई अध्यक्षबीच असमझदारी देखिएकै हो, तर उहाँहरु आपसमा बसेर समझदारीअनुसार निर्णय गर्ने अभ्यासमा फर्किर्नैपर्छ, अरु विकल्प छैन ।’नेकपामा बहुमत र अल्पमतका आधारमा निर्णय गर्ने अवस्था अहिले नरहेको भन्दै पौडेलले पार्टीका कुनै पनि संरचना सरकारको नेतृत्व परिवर्तनका पक्षमा नरहेको दाबी गरे ।

    स्थायी कमिटी बैठक माग गर्ने नेताहरुको माग सरकारले सम्बोधन गरिसकेकाले अहिले बैठक आवश्यक नरहेको महासचिव पौडेलले बताए ।सचिवालय बैठकबाट नेकपा पुनः समझदारीको अभ्यासमा फर्किने भन्दै उनले बामदेव गौतमलाई आफ्नो विकल्पमा अघि सार्ने प्रस्तावमा प्रधानमन्त्री प्रतिवद्ध रहेको समेत बताए । यतिबेला प्रधानमन्त्रीको राजीनामाको माग असामयिक, र जनताको हित, राष्ट्रिय आवश्यक तथा कम्युनिस्ट आन्दोलनको भविश्यका दृष्टिकोणले अनुचित प्रस्ताव हो । त्यसकारण प्रधानमन्त्रीले राजीनामा दिन हुँदैन र उहाँले दिनु पनि हुन्न पौडेलले भने ।म के देख्दैछु भने, राजीनामा माग्ने प्रस्तावबाट साथीहरु सहमतितर्फ फर्किनुहुन्छ ।

        प्रचण्डले त दुइटै पद छाड्न दवाव दिसक्नुभएको छ, हिजो पनि प्रचण्ड र माधव नेपालसहितको बैठक बसेर राजिनामा नदिए हटाउने कुरा भएको छ, तपाईले भनेजस्तो सहज छ र ? भन्ने प्रश्नमा पौडेलले भने े हामीले सरकारको र पार्टीको कामबारे समीक्षा गर्दै पनि आएका छौं र फेरि पनि गर्न सकिन्छ । केही समयअघि सम्पन्न पार्टी केन्द्रीय कमिटीको दोस्रो बैठकमा पनि सरकारको कामको, पार्टीको कामको समीक्षा गरेका छौं । पार्टी कामको समीक्षा हुन सक्छ । तर, यतिबेला सरकारको र पार्टीको नेतृत्व परिवर्तनको विषय अघि सार्नु गलत कुरा हो ।यसको प्रभाव के हुन्छ, यसका परिणामहरु के हुन्छन् भन्ने समग्र पक्षमा विश्लेषण नगरिकन यस्ता प्रकारका प्रस्ताव लिएर आउने कुराले आम जनतामा निराशा सम्प्रेषण गरेको छ । यस्तो क्रियाकलापले नेपाली कम्युनिस्ट आन्दोलनलाई पनि गम्भीर नोक्सानी पुर्‍याउन सक्छ ।पहिलो कुरा त के छ भने स्थायी कमिटीको बैठक आवश्यकताको आधारमा बस्न सकिन्छ । तर, स्थायी कमिटी प्रधानमन्त्री चयन गर्ने वा प्रधानमन्त्री हटाउने निकाय होइन । स्थायी कमिटीको बैठक माग गर्ने साथीहरुले उठाउनुभएको अध्यादेश फिर्ताको विषय सम्बोधन भइसकेको छ ।

        त्यसैले यतिबेला स्थायी कमिटी नबसी नहुने अवस्था पनि छैन पौडेलको भनाइ छ । राजीनामा माग्ने कुरा त अनुचित हो भनेर मैले भनिसकेँ । त्यसकारण अहिले स्थायी कमिटीको आवश्यकता होइन । कोभिड १९ विरुद्ध सिंगो राष्ट्रलाई एकताबद्ध बनाएर परिचालित हुनुपर्ने अहिलेको आवश्यकता छ । त्यसतर्फ नै हामी केन्द्रित हुन्छौं ।दोस्रो कुरा, अहिले हामी कोभिड १९ महामारीको प्रकोपमा छौं । हाम्रो देशमा मूलतः नियन्त्रणमा छ, सरकारले राम्रो काम गरिरहेको छ । कदाचित हाम्रो ध्यान महामारी नियन्त्रण गर्नेतर्फ केन्द्रित नभएर राजनीतिक अस्थिरतातर्फ केन्द्रित भयो भने त्यसले अप्ठेरो ठाउँमा पुर्‍याउन सक्छ । हामीले ठूलो संकटको सामना गर्नुपर्ने हुन सक्छ । हामीले कल्पना नगरेको अवस्था आउन सक्छ । 

       यतिबेला प्रधानमन्त्रीको राजीनामा किन चाहियो र राजीनामा माग्नुपर्ने अवस्था किन सिर्जना भयो, त्यो मैले पनि बुझेको छैन । तर, यतिबेला यो विषयचाहिँ अनुचित र अनावश्यक कुरा हो । यसले मुलुकलाई र पार्टीलाई धेरै ठूलो नोक्सान पुर्‍याउँछ । यो बाटोमा हामी हिँड्नै हुँदैन । प्रधानमन्त्रीको राजीनामा होइन, नेताहरु आपसी असमझदारी हटाउन सघन संवादमा जुट्नु जरुरी छ महासचिवको तर्कछ । 

        बहुमत नेता भनेर कसरी भन्नुभयो, मैले बुझिनँ । कहाँ, कसले कसरी मतदान गरेर, कहाँ कसले मतगणना गरेर बहुमत र अल्पमत भन्दै हुनुहुन्छ तपाई ? यतिबेला यो राजनीतिक अस्थिरताका पक्षमा हाम्रो पार्टीको केन्द्रीय कमिटी छैन भन्ने मेरो विश्वास छ ।राजनीतिक अस्थिरताको पक्षमा हाम्रो संसदीय दल पनि छैन भन्नेमा मलाई विश्वास छ । आम नेपाली जनसमुदाय पनि राजनीतिक अस्थिरताको विपक्षमा छन् । सरकारका कमी कमजोरीप्रति आलोचना होलान्, पार्टीका काम कारवाहीका बारेमा पनि आलोचनाहरु होलान् ।तर, राजनीतिक स्थायित्व र स्थिरता राष्ट्रको आवश्यकता हो । जनताले प्रधानमन्त्री परिवर्तन चाहेका होइनन् । यतिबेला कसैले पनि अस्थिरतालाई मद्दत पुग्ने काम गर्नु हुँदैन । पार्टीका कुनै पनि तहका संरचनाहरु अस्थिरताको पक्षमा छैनन् । संसदीय दल अस्थिरताको पक्षमा छैन । केन्द्रीय कमिटी स्थायी कमिटी र सचिवालयसमेत अस्थिरताको पक्षमा हुने छैनन् भन्ने मेरो दृढ विश्वास छ  पौडेललको भनाइछ ।

        उनले भने   संसदीय दल सरकार परिवर्तनको पक्षमा छैन । प्रधानमन्त्री परिवर्तनको पक्षमा माननीय सांसदहरु हुनुहुन्न । अस्थिरतालाई प्रश्रय दिने कुनै पनि क्रियाकलापप्रति पार्टी संरचना जाँदैनन् । हस्ताक्षरको कुरा मैले पनि सुनिरहेको छु । तर, अविश्वासको प्रस्ताव कसैले संसदीय दलमा राख्छ भन्ने पनि मलाई लाग्दैन ।कदाचित केही व्यक्तिले अविश्वासको प्रस्तावको प्रयास गरे पनि संसदीय दल त्यसको विरुद्धमा उभिन्छ । नेकपाभित्र सिर्जना हुने अस्थिरताले वा सरकारको अस्थिरताले केवल नेकपालाई मात्र क्षति पुग्नेवाला छैन । यसको असर र परिणाम सिंगो प्रणालीमा पर्नेछ ।जुन प्रकारको संवैधानिक व्यवस्था हामीले खडा गरेका छौं, यसप्रति पनि प्रश्न खडा हुनेछ । हामीले जनतासमक्ष राजनीतिक स्थिरता र स्थायित्व दिन्छौं भनेका हौं । जनताले हामीलाई प्रश्न गर्ने ठाउँ दिनुहुँदैन । अन्यथा हामी जनताको माझ जान सक्ने अवस्था हुँदैन ।महासचिव पौडेल भन्छन् अहिले हामीले समस्याको समाधान खोजिरहँदा सरकार र पार्टी नेतृत्वको विकल्प खोजेर होइन, पार्टी एकता, राजनीतिक स्थायित्व, सुशासन, विकास, सम्वृद्धि र सामाजिक न्यायको उद्देश्यद्वारा निर्देशित हुनुपर्छ ।

    मलाई विश्वास छ, यतिबेला पार्टीको आन्तरिक जीवनमा प्रकट भएका समस्या यसरी समाधान हुनेछन् । असमझदारी समझदारीमा बदलिनेछ । अविश्वास विश्वासमा बदलिने छ । अनेकता एकतामा बदलिनेछ र नेपाल कम्युनिस्ट पार्टीले राष्ट्रका जनताका आवश्यकता पूरा गर्दै अघि बढ्नेछ ।(अनलाइन खवरवाट) 

प्रकाशित : २० बैशाख २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६