कोशी

ताप्लेजुङ आगलागीबाट सात करोड ६५ लाखको क्षति



ताप्लेजुङ, २१ बैशाख । ताप्लेजुङ सदरमुकाम फुङलिङको शुक्रवार राति भएको आगलागीबाट सात करोड ६५ लाख ७२ हजार ७०० सय बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । आगलागीबाट आठवटा जलेका थिए । व्यक्तिगततर्फ सात करोड ४३ लाख २५ हजार र संस्थागततर्फ २२ लाख ४७ हजार ७०० सय रुपैया बराबर भएको प्रहरीको अनुमान  गरेको छ । आगलागीबाट सातवटा घर पूर्ण रुपमा जलेको छ भने आगो फैलन नदिन आगो लाग्दै गरेको एउटा घर भत्काइएको  थियो ।आठ घरमा रहेका २९ घर परिवारका मानिस विस्थापित भएका छन् ।  आगलागीबाट छव टा संस्थाका कार्यालय तथा संरचनामा क्षति भएको छ ।

        आगलागी पीडित परिवारलाई स्थानीय सरकार र विभिन्न सामाजिक संघसंस्थाले राहत वितरण सुरु गरेका छन् । फुङलिङ नगरपालिकाले तत्कालका लागि अत्यावश्यक पर्ने दाल, चामललगायतका खाद्यान्न वितरण गरेको छ । नगरपालिकाले पनि क्षतिको पूर्ण विवरण संकलनपछि मात्रै आफ्नो नियम अनुसार थप राहत प्रदान गर्ने भएको छ ।  नेपाल रेडक्रस जिल्ला शाखाले पाल, कम्बललगायतका सामग्री वितरण गरेको छ। यस्तै ताप्लेजुङ बहुउद्देश्यीय सहकारी संस्था र न्यु कञ्चनजंघा सहकारी संस्थाले नगद सहयोग गरेका छन् । त्यस्तै जिल्ला स्थित सरकारी तथा गैर सरकारी संघसंस्थाहरुले सहयोग गर्ने बताएका छन् ।

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६