सूचना र प्रविधि

लकडाउनमा प्रेस स्वतन्त्रता :जोखिम र पक्षधरतामा पत्रकार



कपिलवस्तु ,२१ वैशाख ।नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि सूचना सम्प्रेषणमा कार्यरत विश्वका पत्रकारहरूले आइतवार (मे ३) लाई ‘विश्व प्रेस स्वतन्त्रता दिवसका रुपमा मनाएकाछन् । तर कोरोना भाइरसको महामारीका कारण विश्वभर यो वर्ष दिवसका अवसरमा सार्वजनिक रुपमा औपचारिक कार्यक्रम नभए पनि प्रेस स्वतन्त्रताका विषयलाई लिएर डिजिटल संवाद, छलफल तथा सञ्चार माध्यममा सामग्री प्रकाशन–प्रसारणमार्फत विविध कार्यक्रमको आयोजना गरी विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको नेपाल पत्रकार महासंघले जनाएको छ ।

अधिकांशले यसबर्ष मे ३को स्वतन्त्रता दिवस सामाजिक सञ्जालमा शुभकामना आदा प्रदान गरि मनाईएका छन । हरेक वर्ष मे ३ मा युनेस्कोको आह्वानमा यो दिवस मनाउने गरिएको हो । सन् १९९३ देखि पत्रकार र प्रेसको स्वतन्त्रता तथा सुरक्षाको पक्षमा वकालत गर्दै यो दिवस मनाउने गरिएको छ । दिवसको अवसरमा यो वर्षको नारा ‘भय र पक्षधरतामुक्त पत्रकारिता’ भन्ने तय गरिएको छ ।

        तीन महिनादेखि विश्वका पत्रकारले एक अकल्पनीय समस्याको सामना गरिरहेका छन् । कोरोनाको कहरमा विश्वको सामाजिक, आर्थिक व्यवस्था जस्तै पत्रकारिता क्षेत्रलाई पनि नराम्ररी प्रभावित पारेको छ । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य बसन्त गिरीले पत्रकाहरुले आफ्ना व्यावसायिक समस्या र कानूनी सुनिश्चितताका आवाजलाई बुलन्द गर्नुपर्ने बताउनुभयो । महामारीको बेला सूचनाको ठूलो महत्व हुने भएकाले यस्तो समयमा पत्रकारहरूलाई समाचार सङ्कलन तथा सम्प्रेषणका समयमा आवश्यक सहयोग हुनुपर्नेपर्ने धारणा राख्नुभयो । 

            यता कोभिड १९ को सङ्क्रमण विश्वभर फैलिएपछि समाचारको खेतीमा रमाउँदै नयाँ नयाँ सूचना पस्किने उत्सुक स्वभावका सञ्चारकर्मीले यतिखेर निकै जोखिमपूर्ण रूपमा आफ्नो पेशालाई निरन्तरता दिन बाध्य भएको पत्रकार महासंघ कपिलवस्तुका पूर्ब अध्यक्ष भेषराज पाण्डेले बताउनुभयो । यस्तो बेलामा बस्तुनिष्ठ पत्रकारीता र आग्रह विहिन समाचारको आवश्यक्ता औल्याउनु भएको छ । 

 

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६