प्रदेश

नेपालमा कोरोना संक्रमित ७५ पुगे एकै दिन १६ जना संक्रमित



काठमाडौ  २१ वैशाख । नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या ७५ पुगेको छ । आइतवार भएको परीक्षणमा नेपालगञ्जका १५ जना र पर्साका एक जना गरी १६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ । १६ जना भने उपचारपछि निको भएका छन् । बाँकी ४४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र  कोरोना पुष्टि भएका नेपालगञ्जका १५ जनालाई नेपालगञ्जको कोरोना अस्पताल लैजाने तयारी भइरहेको मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले विराटनगरमा ३१ जना, वीरगञ्जमा ९ जना तथा रुपन्देही, भरतपुर, नेपालगञ्ज र धनगढीमा एकरएक जना गरी ४४ जनाको उपचार भइरहेको छ । 

        यसैबीच नेपालमा सात वर्षको बच्चामा पनि कोरोना सङ्क्रमण देखिएको छ । आज कोरोना पुष्टि भएका नेपालगञ्जका १५ जनामध्ये एक जना सात वर्षको बच्चा पनि रहेको मन्त्रालयका प्रवक्ता देवकोटाले जानकारी दिनुभयो । उनी बालक वा बालिका भन्नेबारेमा भने उहाँले केही पनि खुलाउनुभएन । उनी नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमित सबैभन्दा सानो उमेरका हुन् । मन्त्रालयका अनुसार आइतबारसम्म १३ हजार चार सय १४ जनाको पीसीआर र ४९ हजार ६ सय ८८ जनाको आरडीटी विधिबाट कोरोना परीक्षण भएको छ । जसमध्ये प्रदेश १ मा पाँच हजार चार सय ९९, प्रदेश २ मा पाँच हजार सात सय ९ र वाग्मती प्रदेशमा आठ हजार पाँच सय १५ जनाको आरडीटी परीक्षण भएको छ । यसैगरी गण्डकी प्रदेशमा पाँच हजार आठ सय ३४, प्रदेश ५ मा चार हजार चार सय ९२, कर्णाली प्रदेशमा पाँच हजार पाँच सय ६७ र सुदूरपश्चिम प्रदेशमा १४ हजार ७२ जनाको आरडीटी परीक्षण भएको मन्त्रालयका प्रवक्ता देवकोटाले बताउनुभयो ।

        अहिले देशभरिका क्वरेण्टीनमा २१ हजार ९ सय ५१ जना रहेको पनि उहाँले जानकारी दिनुभयो । प्रदेश नम्बर १ मा दुई हजार ६ सय १८, प्रदेश २ मा एक हजार तीन सय ३७, वाग्मती प्रदेशमा चार सय ४०, गण्डकी प्रदेशमा ६ सय २६, प्रदेश ५ मा १० हजार ६ सय ६७, कर्णाली प्रदेशमा तीन हजार ७८ र सुदूरपश्चिम प्रदेशमा तीन हजार एक सय ८५ जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित : २१ बैशाख २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६