कैलाली, २३ बैशाख । बझाङकी एक महिलाको हेलिकोप्टरमार्फत उद्दार गरिएको छ । केदारस्यु गाउँपालिका–२ की ३३ वर्षीया सुत्केरी महिलाको सोमबार हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । बझाङ जिल्ला अस्पतालमा यही वैशाख १२ गते शल्यक्रिया गरी प्रसूति भएकी जानकीदेवी रावलको पेट सुन्निने समस्या आई उपचार सम्भव नभएपछि सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीको पहलमा धनगढीबाट सिम्रिक एयरको हेलिकोप्टरमार्फत त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको सामाजिक विकासमन्त्रीका स्वकीय सचिव लोकेन्द्र धामीले जानकारी दिनुभयो ।
शल्यक्रियाबाट प्रसूति भएकी रावलको उपचार सम्भव नभएपछि डडेल्धुरा अस्पतालमा सिफारिस हँुदै सेती प्रादेशिक अस्पतालमा ल्याइएको र सेती प्रादेशिक अस्पतालमा पनि उपचार सम्भव नभएपछि काठमाडाँै लगिएको बताइको छ । उहाँलाई सुदूरपश्चिम सरकारकोे पहाडी जिल्लाका जटिल सुत्केरी अवस्थाकालाई उद्धार गर्ने एयरलिफ्ट कार्यक्रममार्फत उद्धार गरिएको बताइएको छ । (रासस)
प्रतिक्रिया