काठमाडौं, २४ बैशाख । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ। भोलि बस्ने स्थायी कमिटि बैठकको तयारीका लागि प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो तीन बजे बैठक बस्न लागेको हो। आज तीन बजे प्रधानमन्त्री निवास बालुवाटारमा सचिवालय बैठक बोलाइएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जनाकारी दिनुभयो ।
श्रेष्ठका अनुसार भोलि ११ बजे स्थायी समितिको बैठकका एजेण्डा बारेमा छलफल हुनेछ। पार्टीलाई एक ढिक्का बनाएर लैजाने गत बैशाख २० गतेको सचिवालयले निर्णय गरे पनि शीर्ष नेताको कुरा मिल्न नसक्दा भोलि स्थायी समितिमा पेश हुने एजेण्डा पनि अझै तय भई सकेको छैन । मंगलबार प्रधानमन्त्री तथा पर्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनालबीच भेटवार्ता भएको थियो। पार्टीसँग सल्लाह नै नगरी प्रधानमन्त्री केपी शर्मा ओलीले वैशाख ८ गते दुई अध्यादेश जारी गरेपछि नेकपामा तनाव चुलिएको छ। दुवै अध्यादेश वैशाख १२ मा फिर्ता भए पनि नेकपाको विवाद अझै साम्य भएका छैन ।
प्रतिक्रिया