मधेश

लकडाउनमा हात्ती आतङ्क जङ्गली हात्ती गाउँ छिरे



सप्तारी, २४ बैशाख ।  सप्तरीको अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ स्थित रामटोलमा गए राति जङ्गली हात्तीले चार घर तोडफोड गरेको छ । तीन हात्तीको एकैपटक गाउँ प्रवेश गरी वीरेन्द्र राम, श्यामकुमार राम, नारायण राम र लक्ष्मीदेवी रामको घर तोडफोड गरेको प्रहरीले जनाएको छ । 

        पूर्व–पश्चिम राजमार्गदेखि दक्षिण क्षेत्रमा अवस्थित रामटोलमा हात्तीको समूहले घर तोडाफोड गरी धान, गहँु, चामल, दाललगायतका खाद्यान्न खाएर रु पाँच लाख बराबरको क्षति गरेको गाउँपालिका अध्यक्ष पर्शुराम चौधरीले जानकारी दिनुभयो । लकडाउनले बेरोजगार भइ आयस्रोत बन्द भएका बेला हात्ती आतङ्कले जीवनयापन थप कष्टकर बनाएको पीडित श्यामकुमार रामले बताउनुभयो । रामले खानाका साथै घर तोडफोडपछि आवासको पनि चिन्ता थपिएको बताउनुभयो ।

        हात्ती आतङ्क रोकथाम र नियन्त्रणतर्फ सम्बन्धित निकायले चासो नदिएको स्थानीयवासीको गुनासो गरेका छन् । एकातिर लकडाउन अर्कोतिर हात्ति आतङ्क भएकाले हात्ति आतङ्क नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यान जानु अत्यावश्यक छ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६