कोशी

साकेला, देवालीलगायतका चाडपर्व विधिकारूपमा मनाउन आग्रह



खोटाङ, २४ वैशाख । किराँत राई समुदायको साकेला उभौली, हिन्दूधर्मावलम्बीको देवालीलगायत विभिन्न जातजातिको चार्डपर्व यसपटक विगतको जस्तो भीडभाड हुने छैन । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समिति खोटाङले जिल्लामा साकेला, देवालीलगायतका चाडवाड कम उपस्थितिमा मनाउन आग्रह गरेको छ । नजिकिँदै गरेको अवस्थामा मङ्गलबार बसेको समितिको बैठकले कम उपस्थितिमा धार्मिक, सामाजिक, सांस्कृतिक चाडवाड मनाउन आग्रह गर्ने निर्णय गरेको हो ।बढी भीडभाड हुँदा एकबाट अर्को व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण फैलिने खतरा देखिएकाले साकेला, देवालीलगायतका चाडवाडलाई विधिकारूपमा मात्र मनाउन आग्रह गर्ने निर्णय गरिएको समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख बबि चाम्लिङले बताउनुभयो ।

               “चाडवाड मनाउनेक्रममा नेपाल सरकारले तोकेको अधिकतम २५ जनाभन्दा बढीको उपस्थिति नगर्न÷नगराउन आग्रह गरिएको छ”, उहाँले भन्नुभयो, “बैठकमा सहभागी विभिन्न जातीय सङ्गठनका प्रतिनिधिले पनि बढीमा २५ जनाको उपस्थितिमा आफ्नो चाडवाड मनाउने निर्णयमा सहमति जनाएका छन् ।”धार्मिक, सामाजिक तथा सांस्कृतिक चाडवाड मनाउने क्रममा दुई व्यक्तिबीचमा अनिवार्य न्यूनतम एक मिटरको सामाजिक दूरी कायम गर्नसमेत आग्रह गरिएको जनाइएको छ । सरकारले लागू गरेको लकडाउनका कारण कतिपय हिन्दूधर्मावलम्बी समुदायले आफ्नो देवालीलाई महिना दिनपछि सारेको बताएका छन् ।

              यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित लाफेहँछा सेवा समाजले बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला मनाउने निर्णय गरेको थियो । हरेक वर्षको पूर्णिमाको दोस्रो दिन लफ्याङमा सयौँको उपस्थितिमा साकेला मनाउने गरिएकामा यसपल्ट लकडाउनलाई मध्यनजर गर्दै बढीमा १५ जनाको उपस्थितिमा मात्र साकेला पुज्ने निर्णय गरिएको समाजका सदस्य राजेन्द्र राईले बताउनुभयो । हिन्दू, बौद्ध र किराँत धर्मालम्बीको बसोबास रहेको खोटाङ जिल्लामा अहिले आ–आफ्नो जातविशेषको पितृकार्य शुरु भएको छ । किराँत समुदायको बाहुल्यता रहेको खोटाङमा साकेला उभौली महिना दिनसम्म मनाउने चलन छ ।

प्रकाशित : २४ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६