सूचना र प्रविधि

आयातमा २ तिहाई गिरावट : ९ महिनामा भन्सार लक्ष्य ५० प्रतिशत भन्दा न्यून



कपिलवस्तु २५ बैशाख  कोरोना रोकथामकालागि सरकारले गरेको लामो लकडाउनले कपिलवस्तुको सुठौली भन्सार कार्यालयको राजश्व असूली प्रभावित भएको छ । लकडाउनककारण तरकारी खाद्यन्न बाहेकका अरु सामान ठप्प हुदा राजश्व असूली ह्वात्तै घटेको छ । सुठौली भन्सार कार्यालयले चालू आर्थिक वर्षमा ६५ करोड तोकिएको वार्षिक भन्सार लक्ष्यको ९ महिना अर्थात चैत्र महिनासम्म करिब ४७.५प्रतिशत मात्र भन्सार राजश्व असुलगर्न सकेको छ । चैत महिनासम्म ३० करोड ८८ लाख१४ हजार मात्र राजश्व असुल गरेको कार्यालय प्रमुख तीर्थराज पासवानले बताउनुभयो ।सो नाकाबाट दैनिक उपभोग्य सामग्री र कृषि सामग्रीमात्र आयातहुँदै आएको छ । यस बाहेक कोईलापनि आयात हुदै आएको थियो । लकडाउनमा बेलाबिशेष चेकजाचका साथ तरकारी र संगै दैनिक उपभोग्य खाद्यान्न वस्तुहरु भारतबाट निरन्तर आयात भई रहेको छ । 

एक तिहाई मात्र आयात :

    सामान्य अवस्थाभन्दा कममात्र सुठौली भन्सार  नाकाबाट मालवस्तु आयात भएका छन् ।भन्सार कार्यालयले दशगजा क्षेत्रमा ड्राईभरको ज्वारो नाप्ने देखीलिएर गाडीमा औषधी छर्कि सामान आयत गरिरहेको उहाको भनाई छ । दैनिक रुपमा १५÷ २० मालबाहक गाडीहरु भित्रिदै आएका उहाको भनाई छ । यो समान्यत विगतको तुलनामा एक तिहाई हो ।यसको अर्थहो आयातम लकडाउनले २ तिहाई गिरावट ल्याएको छ ।  सामान्य अवस्थामा दैनिक रुपमा ३५ लाख सम्म उठ्ने भन्सार कार्यालयमा अहिले लकडाउनका कारण राजश्वमा कमी आएको छ ।

राजश्व लक्ष्य ५७ प्रतिशत हासिल :

    कोराना भाइरसको संक्रमण नियन्त्रण तथा रोकथामकालागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको छ। लकडाउनका कारणले सम्पूर्ण व्यापार व्यवसाय यति बेलाठप्प छन। जसले गर्दा आर्थिक गतिविधि हुन पाएको छैन।अर्थतन्त्रको धेरै क्षेत्रमा कोरोना भाइरसका कारणले प्रभाव परेको देखिएको छ । यसै सन्दर्भमा आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा पनिआर्थिक कारोबार ठप्प हुदा राजश्व संलकनमा कमी आएको छ । यस आर्थिक बर्षमा बार्षिक २ अर्ब ४२ करोड राजश्व सकंलनगर्ने लक्ष्य राखेको कार्यालयले लकडाउन कारण बार्षिक लक्ष्यलाई नभेटाउने स्पष्ट भएकेछ ।

        अहिलेसम्म आन्तरिक राजश्व कार्यालय कृष्णनगरले लक्ष्यको ५७ प्रतिशत अर्थात १ अर्ब ३७ करोड राजश्व संकलन गर्न सकेको कार्यालय प्रमुख पूर्ण प्रसाद न्यौपानेले बताउनुभयो । आकस्मिक बाहेकका सेवा अहिले दिन नसक्दा केही करदाताहरुले अनलाइन प्रणालीबाट पनि कर बुझाएको उहाको भनाई छ । उहाका अनुसार लकडाउनका समयमा पनि सामाजिक दुरी कायमगरि अत्याबश्यक सेवादिन सकिने स्पष्ट पार्नूभयो । 

ब्याजकरको प्रतिशत उच्च :

    आयकर तर्फ २७ करोड ८७लाख ८४ हजार , बहाल करतर्फ  २ करोड २०लाख४९ हजार र ब्याज करमा १ करोड ७६लाख४८ हजार सङ्कलन भएको छ । आयकरमा ५०.५, बहाल करमा ६३.१ र व्याज करमा ६९.४४प्रतिशत लक्ष्य प्राप्त भएको कार्यालयले जनाएको छ ।कार्यालयले राजस्व बढाउन यस क्षेत्रका उद्योग वाणिज्य संघ ।घरेलु तथा साना उद्योग महसंघ,चेम्बर अफ कमर्स लगायतका उद्योगी–व्यवसायीका सङ्घसंस्थासँग छलफल एवं कर सम्बन्धी जानकारी गराउने, बजार अनुगमनगर्ने जस्ता कार्य गर्दै आएको प्रमुख न्यौपानेले बताउनुभयो । 

स्थायी लेखा नम्वर लिनेबढे :

    सरकारले चालू आर्थिक वर्षको सुरुआत बाटै प्यान अनिवार्य गरे पश्चात प्यानलिनेको संख्या पनि ह्वात्तै बृद्धि भएको छ ।आन्तरिक राजश्व कार्यालय कृष्णनगरमा अहिलेसम्म २० हजार ५ सय ९९ जनाले ब्यक्तिगत स्थायी लेखानम्बर अर्थात प्यान बनाएका छन ।  सरकारले चालू आर्थिक वर्षको साउनबाट प्यान अनिवार्य गरे पश्चात ७हजार ७ सय ७जनाले बनाएको कार्यालय प्रमुख न्यौपाने जानकारी गराउनु भएको छ । सम्पूर्ण संघ संस्था, उद्योगले तलब बैंकमा पठाउनु पर्ने र स्थायी लेखा नम्बर प्यानबिना तलब दिन नपाउने ब्यवस्था गरेकाले ब्याक्तिगत प्यानलिने एक्कासी बढेको हो ।

जेठ २५ सम्म म्याद थप :

    सरकारलाई बुझाउनु पर्ने विभिन्न शिर्षकका राजश्व तिर्ने अवधि जेठ २५ सम्मकालागि बढाइएको छ। वैशाख १४ गते बसेको मन्त्रि परिषदको बैठकले अर्थ मन्त्रालयलाई राजश्व बुझाउनुपर्ने अवधि बढाउन सिफारिस गर्ने निर्णय गरेको हो।जस अनुसार गत फागुन र चैत महिनाको मासिक मूल्य अभिवृद्धि कर, माघ–फागुनको द्वैमासिक र दोस्रो चौमासिक अवधिको मूल्य अभिवृद्धि कर दाखिलगर्ने म्याद जेठ २५ सम्म थप गरिनेछ।फागुन र चैत महिनाको अन्तःशुल्क दाखिलगर्ने म्यादपनि जेठ २५ सम्म थपिने निर्णय भएको छ।

    आयकर ऐन बमोजिम फागुन र चैत महिनामा बुझाउनुपर्ने अग्रिम कर कट्टी र अग्रिम कर असुलीको विवरण बुझाउने म्याद आगामी जेठ २५ सम्म तोकिएको छ।आयकर अन्तर्गत चैत महिनामा बुझाउनुपर्ने यस आवको संशोधित अनुमानित कर विवरण र दोस्रो किस्ता वापतको रकम दाखिलगर्ने म्याद जेठ मसान्तसम्म थप्ने निर्णय मन्त्रिपरिषदले गरेको छ।

प्रकाशित : २५ बैशाख २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६