अर्थ-वाणिज्य

किसानलाई अनुदानमा धानको बीउ



कंचनपुर, २६ बैशाख ।  कैलाली–कञ्चनपुरका किसानलाई ५० प्रतिशत अनुदानमा ५०० मेट्रिकटन धानको बीउ वितरण शुरु गरिएको छ । धानको बीउ राख्ने समय नजिकिँदै गर्दा किसानलाई सहजता प्रदान गर्न कृषि ज्ञान केन्द्र कञ्चनपुरले धानको बीउ वितरणको व्यवस्था मिलाएको हो ।

             दुवै जिल्लाका २० स्थानीय तहका सहकारी र समूहलाई धानको बीउ खरिद र वितरणका लागि कार्यादेश दिइ धानको बीउ वितरणको व्यवस्था मिलाइएको कृषि ज्ञान केन्द्र कञ्चनपुरका निमित्त कार्यालय प्रमुख रामचन्द्र भट्टले बताउनुभयो । “सहकारी समूहलाई बिलका आधारमा धान बीउ खरिद र ढुवानी गरेवापतको रकम भुक्तानी गरिने छ”, उहाँले भन्नुभयो, “सहकारी समूहले बीउ खरिद र वितरणको काम गरिरहेका छन् ।”

         बन्दाबन्दीका बेला किसानको घरदैलोमै सेवा पु¥याउनका लागि सहकारी र समूहमार्फत बीउ खरिददेखि वितरणको काम भइरहेको उहाँको भनाइ छ । किसानलाई सर्जु ५२, राधा–४, सावाँ मन्सुली, सावित्री, राधा–१४, बहुगुणीलगायत जातका धानका बीउ छनोट गरी वितरण गरिएको छ । माटो सुहाउँदो र बढी फल्ने धानका जातको बीउ वितरणका लागि सिफारिस गरी पठाइएको छ ।

         प्रतिपालिका स्थानीय तहलाई २५० क्विन्टलका दरले समान आधारमा धानको बीउ वितरण गर्नका लागि बजेट परिचालन गरिएको छ । सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयबाट मागमा आधारित कार्यक्रमअन्तर्गत बीउ खरिदका लागि रु एक करोड बजेट प्राप्त भएको छ । वितरण गरिएको बीउबाट १० हजार हेक्टर क्षेत्रफलमा धानखेती हुने कार्यालय प्रमुख भट्टले बताउनुभयो । जसबाट १० हजार बढी किसान लाभान्वित हुने भएका छन् । (रासस)

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६