ब्रेकिंग न्युज

कोरोना संक्रमित २ जनालाई बुटवल पठाइयो ,अस्पत्तालले नमान्दा १२ घण्टा ढिला



कपिलवस्तु २६ वैशाख । कपिलवस्तु २६ वैशाख । मायादेविको तीर्थादेवि छत्रपाली स्थित क्वारेण्टाइनवाट कोरोना संक्रमित २ जनालाई बुटवल पठाइएकोछ।  कपिलवस्तुमा भेटिएका २ कोरोना सक्रमितलाई उपचारका लागि बुटवल स्थित कोरोना बिशेष अस्पाताल लैजान राती नै खोजिएको भएपनि बुटवलले न ल्याउन भनेपछि आज  विहान मात्र पठाएका हौं प्रजिअ दिर्घनारायण पौडेलले प्रेसपाटीलाई भन्नु भयो । तौलिहवाका एम्बुलेन्स राती देखि नै एटेन्सनमा राखिएको बताउदै प्रजिअ पौडेलले एम्बुलेन्सका कारणले नभई कोरोना अस्पत्ताल बुटवलका कारणले  ढिला भएको जानकारी दिनु भयो।   उनीहरु २जनालाई राती देखि अलग्गै राखिएको थियो ।

    मायादेवि गाउपालिकाको वडा नं २ अभिरावका २जनामा कोरोना पुष्टि भएपछि उनीहरुको कन्याक्ट ट्रेसिङको काम भई रहेको छ । उनीहरु बम्वईवाट आउदै गरेको जानकारी पाएपछि स्थानीयले गाउमा प्रबेश गर्न नदिने गरि वाटोमै रोकेको वडाध्यक्ष सफरुद्धिन मुसलमानले प्रेसपाटीलाई जानकारी दिनु भयो ।  गाउलेले बम्वईवाट आउदैछन् भनेर जानकरी दिएको र आफूले उनीहरुलाई गाउ पस्न नदिनु भन्ने निर्देशन दिएको वताउदै अध्यक्ष मुसलमानले स्थानीयले रातीको एकवजेतिर क्वारेण्टाइनमा पुराएको दावि गर्नु भयो । वाटोमै खानाखान दिएर घर प्रबेश गर्न नदिएको उहाको भनाइछ । 

    उनीहरुका कारण गाउमा खतरा नरहेको दावि गर्नु भयो । यता इलाका प्रहरी  कार्यलय पकडीका प्रहरी  निरिक्षक गणेश सुबेदीका अनुसार संक्रमित देखिएका २ जना ब्यक्ति एकै घरका सदस्य हुन् । उनीहरु सहित ५ जनाको परिवार ७ दिन अघि लुकिछिपी कपिलवस्तुको मायादेवि २ अभिरावमा आएका थिए । प्रहरी र एम्वुलेन्स आउनासम्म उनीहरु गाउमा अरु संग संपर्कमा आए आएनन् स्पष्ट बुझने काम जारी रहेको निरिक्षक सुबेदीले वताउनु भयो ।रातीको १ वजे कहाँवाट एम्बुलेन्स आयो भन्ने प्रहरीसगं पनि स्पष्ट जानकारी छैन ।

    क्वारेण्टाइनमा बसेकालाई जिम्मा लिएर छुटाउने जनप्रतिनिधीले  घर मै पस्न नदिनु भनेकी भनेनन् स्पष्ट छैन । यता मायादेविका प्रमुख प्रशासकिय अधिकृत जनक राज पन्थीले उनीहरुको सम्पर्क ट्रेसिङ भै रहेको वताउदै उनीहरु संक्रमित भएको कुरा अहिले मात्र खुलेकोले त्यसअघि गाउमा आउने क्रममा को को संग भेट भयो बुझने क्रममा रहेकाले गाउ पुरै सुरक्षित छ भनि हाल्न नसक्ने स्पष्ट पार्नु भयो । यता प्रहरीले एम्वुलेन्समा राखेर क्वारेण्टइन पुराएको भन्नु र वडाध्यक्ष मुसलमानले गाउकै मान्छेले क्वरेण्टाइन पुराएको दावि गर्नुले तथ्य एकापसमा वाझेको स्पष्ट भएकोछ । 

     राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु मायादेवि गाउपालिकाका १६ र २२ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको थियो । तर जारी गरेको विज्ञप्तीमा कपिलवस्तु ८ भनिएको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीका अनुसार उनीहरु स्वास्थ्यकर्मीको सम्पर्कमा नै रहेका छन् र अवस्था सामान्य  छ । 

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६