कोशी

छुट्टाछुट्टै घटनामा तीन जनाको हत्या, ३ जना पक्राउ



मोरङ २६ बैशाख । बिहीबार साँझ तेह्रथुम र खोटाङमा ३ जनाको हत्या गरेको आरोपमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।बिहीबार साँझ साढे ६ बजे तेह्रथुमको फेदाप गाउँपालिका(५ ईसिबु  बस्ने २० वर्षीय कन्चन लिम्बूले आफ्नै बुबा ४२ वर्षीय रुप बहादुर लिम्बू र सौतेनी आमा ३५ वर्षीया रुपेनी लिम्बूलाई बन्चरोले टाउको तथा ढाडमा प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ । छोराको बन्चरो प्रहारबाट दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको थियो । हत्यापछि फरार रहेका लिम्बूलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

                यसैगरी अर्को घटनामा खोटाङको केपिलासगढी गाउँपालिका २ का ४७ वर्षीय प्रितिलाल राईलाई आफ्नै सालो २७ वर्षीय मिलन राईले ढुङगा प्रहर गरी हत्या गरेको प्रहरीले जनाएको छ ।बिहीबार साँझ आफ्नै घरतर्फ जाँदै गरेको अवस्थामा बाटैमा रहेका मिलनले एक्कासी ढुङगाले टाउकोमा प्रहार गर्दा प्रितिलालको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय खोटाङल जनाएको छ । भिनाजुको हत्या गरी फरार रहेका राईलाई ईलाका प्रहरी कार्यालय बाक्सिलाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ ।  घटनामा संग्लग्न रहेका उनका  भाई २० वर्षीय जिवन राईलाई समेत नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित : २६ बैशाख २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६