स्वास्थ्य

भक्तपुरका एक जना कोरोना संक्रमित सशस्त्र प्रहरी रहेको खुलासा



३१ वैशाख, काठमाडौं । भक्तपुरमा भेटिएका दुई जना कोरोना संक्रमितमध्ये एकजना सशस्त्र प्रहरी रहेको खुलेको छ । भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । भक्तपुरका संक्रमित २७ वर्षीय पुरुष सशस्त्र प्रहरी हुन् । रामेछाप स्थायी ठेगाना भएका उनी भक्तपुरको चाँगुनारायण नगरपालिका–१ दुवाकोटबासी हुन् । निलबाराही गणका उनी नेकपा नेता एवम् पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका थिए । तर उनी एक महिनादेखि रावलसँग थिएनन् । उनलाई मंगलबारदेखि नै टेकु अस्पतालमा राखिएको छ ।

                दुवाकोटमा रहेको व्यक्तिलाई कसरी कोरोना संक्रमण भयो भन्ने कुरा खुलिसकेको छैन । उनको ट्राभल हिस्ट्री लिने काम जारी छ ।भक्तपुरकी अर्का एक जना महिला भक्तपुरको सल्लाघारीकी हुन् । सुनसरीबाट मोटरसाइकल चढेर आएकी उनी भक्तपुरको नयाँठिमीस्थित साथीको डेरामा बस्दै आएकी थिइन् । उनी भक्तपुरकै एक अस्पतालको कर्मचारी हुन् ।दुवै संक्रमित रहेका स्थानलाई सिल गरेर निगरानी बढाइएको भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् ।काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरिका, महेन्द्रनगरबाट आएका थिए । मंगलबार राति भक्तपुरका दुई र काठमाडौंका एक जनासहित थप २६ जनालाई कोरोना संक्रमण पुष्टि भएको जानकारी स्वास्थ्य मन्त्रालयले दिएको थियो ।काठमाडौंका संक्रमित व्यक्ति चन्द्रागिरि नगरपालिकाका हुन् । उनी कन्चनपुरको महेन्द्रनगरबाट आएको बताइएको छ ।

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६