गण्डकी

डायलासिस सेवा प्रभावित औषधि अभाव



बाग्लुङ, ३१ बैशाख । धवलागिरि अस्पतालमा डायलासिसको औषधि अभाव भएको छ । औषधिको शीघ्र प्रबन्ध नगरिए मिर्गौलापीडितको उपचार प्रभावित हुनेछ । अस्पतालमा अहिले १९ जना बिरामीले नियमित डायलासिस सेवा लिन्छन् । “डायलासिसमा नभइ नहुने हेपारिन इन्जेक्सनको अभाव छ”, अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र विक पोखरेलले भन्नुभयो, “पोखरा, काठमाडौँ बुझ्दा पनि अभाव रहेको पाइयो ।”

        उहाँले प्रदेश र सङ्घका सम्बन्धित निकायमा औषधि व्यवस्थाका लागि माग गरिएको बताउनुभयो । बजारमा पनि औषधिको खोजी भइरहेको छ । प्रमुख चिकित्सक पोखरेलका अनुसार उक्त औषधि भारतबाट आपूर्ति हुन्छ । “हामी केही दिनदेखि नै औषधि ल्याउन लागिपरेका छौँ, तुरुन्त औषधि नपाइए डायलासिस रोकिने अवस्था छ”, उहाँले भन्नुभयो । जिल्लामा धवलागिरि अस्पतालमा मात्र डायलासिस सेवा उपलब्ध छ ।

            यसअघि दैनिक छ–सात बिरामीको मात्र डायलासिस गर्न सकिनेमा हालै क्षमता बढाएर १८–१९ पु¥याइएको छ । दुई चरणमा गरी डायलासिस सेवा दिने गरिएको अस्पतालले जनाएको छ । अस्पतालले दुई वर्षअघि मिर्गौलाका बिरामीका लागि निःशुल्क डायलासिस सेवा शुरु गरेको थियो । कोरोनाले सिर्जित सङ्कट र बन्दाबन्दीका कारण भारतबाट आउने औषधिको आपूर्ति असहज भएको बुझिएको छ ।

            कोभिड–१९ लागेका दुई बिरामीलाई सफल उपचार गरेको धवलागिरि अस्पतालमा डायलासिससहित सबैखाले सेवा नियमित सञ्चालनमा छन् । “प्रसूति शल्यक्रियालगायत नियमित प्रदान गरिने कुनै पनि सेवा रोकिएको छैन”, प्रमुख चिकित्सक पोखरेलले भन्नुभयो । गत चैतमा दुई कोरोना सङ्क्रमित भेटिएपछि उनीहरुको यही अस्पतालमा उपचार गरिएको थियो । बागलुङ नगरपालिका–३ की ६५ वर्षीया महिला र सोही नगरपालिका–४ की १९ वर्षीया युवती उपचारपछि निको भइ घर फर्केका छन् । चैत ४ गते बेल्जियमबाट फर्कँदा दुवैमा कोरोना भेटिएको थियो । (रासस)

प्रकाशित : ३१ बैशाख २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६