मधेश

छिमेकीको हत्या गरेर फरार हत्या आरोपी पक्राउ



महोतरी, १ जेठ ।  महोतरीमा आफ्नै छिमेकीको हत्या गरेर फरार भएका आरोपी महोत्तरीको गौशाला नगरपालिका–५ का २५ वर्षीय अरुणकुमार साह पक्राउ परेका छन् । गौशाला–४ बिर्ताका ४६ वर्षीय दिलीप ठाकुरको हत्या गरी फरार भएका आरोपी साहलाई घटनाको तीन दिनपछि बुधबार प्रहरीले पक्राउ गरेको हो ।

        दुवै जना सँगसँगै हिँड्ने र सँगै रक्सी खाने गरेका ठाकुर साह गत आइतबार ९वैशाख–२८ गते दिउँसभरिसँगै रक्सी खाएर मातेपछि भनाभन गर्दै मकैबारीमा पसेका थिए । त्यहीँ नै भनाभन बढ्दै जाँदा हातमा बोकेको बाँसको लठ्ठीले ठाकुरलाई साहले हान्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका साहले आफ्नो अपराध स्वीकार गरेको प्रहरीले जनाएको छ । साहलाई महोत्तरी जिल्ला अदालतमा उपस्थित गराइ म्याद लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीरे जनाएको छ । जिल्लामा अपराधका घटना बढ्दै गएको भन्दै जिल्ला वासीले चिन्ता व्यक्त गरेका छन् ।

प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६