स्वास्थ्य

शुद्धोधन गाउपालिकालाई कालिकाको सहयोग ।



शुद्धोधन
कपिलवस्तुको शुद्धोधन गाउपालिकालाई कोरोना जोखिम कम गर्नका लागी सामाग्री सहयोग भएको छ । गाउपालिकामा एक जनालाई कोरोना संक्रमण भए पछी जोखिम कम गर्न सामाग्री वितरण गरेको थियो  कालिका स्वालम्वन सामाजिक केन्द्रको सहयोगमा सवा लाख वरावरको सामाग्री हस्तान्तरण गरेको हो । केन्द्रले सेनिटाईजर ८ ग्यालेन, पिपिई सेट ५ थान, के एम ९५ मास्क ८० थान,सेनेटरी सेफ्टी प्याड ७४ थान, ग्लोव १०० जोडा, सर्जीकल मास्क ५०० पिस, डिस्पोजल ग्लोव १५०० जोडा हस्तान्तरण गरेको छ ।
यसै गरी शुद्धोधन गाँउपालिका ६ वटै वडामा रहेका किशोरी संजालका १८१ जना किशोरीहरुलाई २ प्याकेट महिनावारी प्याड, १ वटा स्यानिटाइजर, तथा ३ वटा सर्जिकल मास्क समेत वितरण गरिएको छ । किशोरी संजाललाई ४८६५३।–अठचालिस हजार छ सय त्रिपन्न बराबारको सामाग्री वितरण गरीएको केन्द्रका कार्यकारी निर्देशक अर्जुन थापा मगरले वताउनु भयो ।


प्रकाशित : १ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६