अर्थ-वाणिज्य

होटल तथा रिसोर्ट ब्यवसायी धरासायी बन्दै, १५ हजारले रोजगारी गुमाउँदै



कपिलवस्तु, २ जेठ । कोभिड १९ को निकै मार खेपेको होटल ब्यवसायी क्षेत्र धरासायी बन्ने क्रमसंगै त्यसमा कार्यरत १५ हजार श्रमिकको रोजगारी गुम्ने अवस्था श्रृजना भएको छ । कपिलवस्तु जिल्लामा मात्र संघमा आवद्ध १ हजार ३ सय होटल तथा रेष्टु रेष्ट्रमा कार्यरत १५ हजार बढी श्रमिकको रोजगारी खुम्ने खतरा बढेको होटल तथा रेष्टुष्ट ब्यवसायी संघ, कपिलवस्तुका महासचिव रविन्द्र पौडेलले बताउनु भयो । महासचिव पौडेलका अनुसार लामो समयको लकडाउनका कारण जटिल अवस्था श्रृजना भएको बताउदै बैंकको ब्याज, किस्ता, घरभाडा, विधुत, पानी जस्ता विषयमा राज्यले आफुहरुलाई विशेष सहुलियतको ब्यवस्था गर्नुपर्नेमा जोड दिनु भयो । पौडेलले अनुकुल अवस्थामा आफुहरुले राज्यलाई वार्षिक १ करोड ५० लाख बढी राजश्व बुझाउने गरेको बताउदै अहिलेको प्रतिकूल अवस्थामा राज्यलाई कर तिर्न कठिन भएको धारणा राख्नु भयो ।  

        होटल तथा रेष्टुष्ट ब्यवसायी संघ कपिलवस्तुका अध्यक्ष गोपाल बहादुर खत्रीका अनुसार  कपिलवस्तु जिल्लामा रहेका साना ठूला गरी करिव ५० वटा होटलहरु पर्यटकको समेत रोजाईमा समेत पर्ने गरेको धारणा राख्नु भयो । अध्यक्ष खत्रीले दैनिक १ हजार जना आन्तरिक तथा वाहय पर्यटकलाई ब्यवस्थापन गर्न सक्ने आफुहरुको क्षमता रहेको समेत दावी गर्नु भयो । 

        नेपाल सरकारले “समृद्ध नेपाल बनाऔं, विश्वमा नेपाल चिनाऔं,गरौं तयारी धुमधाम, पाहुनालाई गराऔं घुमघाम”भन्ने मूल नाराका साथ शुभारम्भ गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत मध्य नजर गर्दै निर्माण गरिएका ठूला ठूला रिसोर्ट तथा होटलहरुका निम्ति यो समय झनै चुनौतीपूर्ण बनेको अध्यक्ष खत्रीको भनाई छ । अध्यक्ष खत्रीले भाडामा संचालन गरिएका रिसोर्ट, होटलहरुको पिडा निकै दर्दनाक भएको दुखेसो पोख्दै यसको क्षतीपूर्ती पुरा गर्न ब्यवसायीलाई करिव ५ वर्ष  समय लाग्ने जिकिर गर्नु भयो । 

        संघका महासचिव रविन्द्र पौडेलले नेपाल सरकारलाई  सहयोग पु¥याउने उद्धेश्यले शिवराजको खैरेन्द्रपुरमा रहेको करिव १० करोड लागतमा निर्माणाधिन सुपा देउराली एग्रो भिलेज रिर्सोर्ट प्रा.लि. क्वारेनटाइनका निम्ति सरकारलाई उपलब्ध गराएको बताउनु भयो ।

        छिमेकी जिल्ला रुपन्देहीमा ठूल ठूला रिसोर्ट तथा होटलहरु अलि पहिले देखीनै निर्माण भएको भएपनि पछिल्ला २ वर्षमा कपिलवस्तु जिल्ला पनि पर्यटन ब्यवसायीको रोजाईमा पर्ने गरेको यस क्षेत्रका जानकार बताउन्छन् ।

        नेपाल सरकारले आब्हान गरेको भ्रमण वर्ष २०२० संगै कपिलवस्तु जिल्लामा पनि पर्यटकलाई आकर्षण गर्ने गरी नयाँ नयाँ रिसोर्ट र होटलहरुको विकास, निर्माण हुने क्रम तिव्र गतिमा बढेको थियो । यसै क्रममा जिल्लाको उत्तरी क्षेत्र बाणगंगा, खैरेन्द्रपुर, चन्द्रौटा क्षेत्रमा नयाँ संरचना निर्माणका कामले तिव्रता पाएको हो । यसै क्रममा पिस हिमालय रिसोर्ट ४नं., मायादेवी रिसोट ., श्रीपेज होटल एण्ड रिसोट प्रा.लि., मायोज इन्टरनेशनल प्रा.लि., गोरुसिंगे लगायतका रिसोर्ट तथा होटलहरु पछिल्लो समयमा संचालनमा आएका हुन । 

         यता १५ महिना अघि मात्र आफ्नै १ विगा ४ कठ्ठा जग्गामा ५ करोड ५० लाखको लागतमा निर्माण कार्य सम्पन्न भई संचालनमा आएको पिस हिमालय रिसोर्ट प्रा.लि. का संचालक रामु न्यौपानेले चैत्र देखी असार महिना आफुहरुको मूख्य  सिजनका बेला रिसोर्टको गेट नै बन्द गर्नु पर्दा धेग्नै नसक्ने मार परेको गुनासो गर्नु भयो । संचालक न्यौपानेले १२ जना स्थायी कर्मचारी रहेको र बाँकी घरका आफैले श्रम गर्ने गरेको बताउदै यस्तो अवस्थामा आफुहरुले बैंक ब्याज, किस्ता कसरी बुझाउन सकिन्छ भन्दै दुखेसो पोख्नु भयो । संचालक न्यौपानेले राज्यले संचालनमा कडाई गरेको यस्तो परिस्थतीमा आफुहरुले पनि त्यसलाई सहयोग पु¥याएको तर्क गदै राज्यले ब्यवसायीलाई पक्कै हेर्ने विश्वास प्रकट गर्नु भयो । 

        त्यस्तै हाले मात्र ४ करोड ५० लाखको लागतमा निर्माण कार्य सम्पन्न गरी संचालनमा ल्याइएको श्रीपेज होटल एण्ड रिसोट प्रा.लि. दरखास्तका संचालक तिलक थापाले १७ जना श्रमिकसंगै आश्रित परिवारलाई रिसोट बन्द हुदा प्रत्यक्ष प्रभाव परेको बताउनु भयो । संचालक थापाले आफुले बैंकको ब्याजमा सहुलियत उपलब्ध हुने कुरा सुनेका बताउदै त्यसलाई कार्यान्वयन गर्न सरकारसंग आग्रह गर्नु भयो ।   

        विश्वका बुद्ध धर्मावलम्बीको आस्थाको केन्द्र लुम्बिनी क्षेत्रमा ठूला ठूला रिसोर्ट तथा होटलहरु संचालनमा रहि रहदा बुद्धले २९ वर्ष ब्यतित गरेको बुद्धको गृह नगर तिलौराकोट, लम्बु सागर जगदिशपुर ताल जस्ता ऐतिहासिक तथा पर्यटकिय स्थल रहेको  कपिलवस्तु जिल्ला भने रिसोर्ट र होटल ब्यवसायीका निम्ति लामो समय रोजाईमा पर्न सकेन । 

        राष्ट्रले नै बाहय पर्यटक मार्फत विदेशी मुद्रा आर्जन गर्ने देखी रोजगारी श्रृजना, गरिवी न्यूनिकरणको संभावना देखेको पर्यटन क्षेत्र भित्रको मुख्य रिसोर्ट तथा होटल ब्यवसायीको रोजाईमा पछिल्ला २ वर्ष कपिलवस्तुका लागि पनि उत्साहकै वर्ष वन्न पुग्यो । तर यो छोटै अवधीमा कोभिड १९ का कारण वर्तमान समय भने यी ब्यवसायीका निम्ति निकै चुनौतीपूर्ण क्षेत्र बन्न पुगेको  तथ्य हो । अन्ततः समृद्ध नेपाल निर्माणको अभियानमा रिसोर्ट तथा होटल ब्यवसायीको भूमिका उल्लेख्य रहन्छ भन्ने विषय सुन्दर भविश्य प्रतिको ब्यवासयीको विश्वास नै हो भन्न सकिन्छ । 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६