बिजनेस

कपिलवस्तुका मूल्यवान ३ एक्सन : जिल्लासील,अस्पत्तालको निर्णय र सेना परिचालन



कपिलवस्तु २ जेठ कपिलवस्तुमा कोरोना संक्रमण निरन्तर बढ्दै जाँदा,सिमा क्षेत्रमा हजारौ नागरिक अलपत्र हुदा ,लुकिछिपी नेपाल भित्रिएकालाई छोप्दै सिमामा पठाउदै गर्दा राजयको आलोचना तीव्र बन्यो । स्थानीय प्रशासन मार्फत जिल्लामा निशेधाज्ञा लगाउन विलम्व हुदा कपिलवस्तुको प्रशासन आलोचनाको निशानामा पर्यो । स्थानीय प्रशासनलाई आम संचार माध्यम र सामाजिक मिडियावाट आलोचना गर्ने क्रम तीब्र हुदै गएकै बखत पछिल्ला दिनमा तीन एक्सन भएका छन् । जुन कोरोना संक्रमण नियन्त्रण गर्न मूल्यवान सावित देखिएका छन् । ती काम प्रेसपाटीको अध्ययनमा  जनताले रुचाएका एक्सनको रुपमा देखा परेका छन् । जुन यस्ता छन् :

पहिलो एक्सन: सेना परिचालन 

        कपिलवस्तुमा भारतीय सिमाक्षेत्रवाट लुछिपिछी आउनेक्रम नरोकिएपछि कपिलवस्तु प्रशासनले सेना परिचालन गरेकोछ । नेपाल सरकार गृह मन्त्रालयको आवश्यक परे सेना परिचालन गर्ने भन्ने  लिखित निर्देशन अनुसार सेना परिचालित गरेको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलले  प्रेसपाटीलाई जानकारी दिनु भयो । उहाले सेना परिचालनको अन्तरष्ट्रिय मापदण्ड अनुसार भरतीय सिमाना भन्दा ५ किमी यता सम्म सेनाको नियमित निगरानी ,गस्ती र अबैध आवागमनको अनुगमन जारी राखिएको उहाले स्पष्ट पार्नु भयो । सेना परिचालन पछि लुकिछिपी आउने क्रम केहि हद सम्म रोकिएको वताउदै दशगजामा दुख्ख पाएकाहरुलाई ल्याएर क्वारेण्टाइनमा राख्ने पालिकाहरुको काममा स्थानीय प्रशासनले सहजीकरण गरेको दावि गर्नुभयो ।

दोश्रो एक्सन : कपिलवस्तु जिल्लासील  

        कपिलवस्तुको स्थानीय प्रशासनले बैशाख २९ देखि जेठ ५ सम्म कपिलवस्तु जिल्लालाई पूर्ण रुपमा सील गर्ने निर्णय  गरेकोछ । यो कार्यले आन्तरीक र वाह्य आवागमनलाई रोक्न सफल भएको छ । जिल्लासील गर्ने निर्णय अनुसार विहानमा ७ देखि ९ सम्म खाद्य र तराकारीका पसल खोल्ने वाहेक अरु सबै ब्यापार ब्यवसाय र आवागमन रोक्ने कामले केहि हद सम्म कोरोना संक्रमण फैलनवाट वचावट गरेको छ । प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेलल जिल्ला सील गर्ने वा कर्फयू लगाउने वा निशेधाज्ञा जारी गर्ने आदी जस्ता काम आवश्यक्ताले हुने भन्दै जटिल परिस्थती आएको विष्लेषण हुदासाथ कदम चालिएको वताउनु भयो । जेठ ५ पछि के गर्ने भन्ने कुरा संक्रमणको दर र अवस्था हेरेर निर्णय हुने उहाको भनाइछ ।  

तेश्रो एक्सन : होटललाई आइशोलेसन र अस्पत्ताल निर्माण 

        स्थानीय  प्रशासनको अग्रसरतामा स्थानीय सरकारसंगको समन्वयमा भएको अर्काे महत्वपूर्ण काम हो तौलिहवा स्थित होटल तिलौराकोटलाई आइशोलेटेड अस्पत्तालको रुपमा संचालन गर्ने निर्णय । प्रमुख जिल्ला अधिकारी पौडेलले त्यहा ८ वटा आईशोलेटेड बेड राखिएको वताउनु भयो । अहिले सम्म कृष्णनगरवाट  ल्याएका ४ जना ,तौलिहवाका १ जना सहित ५जना सो आइशोलेसनमा राखिएको उहाले वताउनु भयो । 

        त्यसैगरी तौलिहवामा ५० बेड क्षमताको कोरोना अस्पत्ताल वनाउन तत्काल श्रोत साधन उपलब्ध गराउन भन्दै प्रदेश ५ सरकारलाई जिल्ला सुरक्षा समितिको निर्णय अनुसार पत्राचार गरिएको थियो । पत्र पठाइएको २४ घण्टा भित्रै प्रदेश ५ सरकारले  तौलिहवा स्थित कपिलवस्तु बहुमुखी क्याम्पसलाई आइशोलेटेड अस्पत्ताल वनाउन सहयोगगर्ने निर्णय गरयो ।  बीहिवार बसेको मन्त्री परिषद बैठकले यस्तो निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेर वहादुर केसीले प्रेसपाटीलाई जानकारी दिनु भयो । 

        राज्य जिम्मेवार निकायले  दैनिक प्रशासन संचलनमा  धेरै निर्णयहरु गर्दैजान्छन् । त्यस्ता सिमित निर्णयहरु जन अपेक्षा अनुसार हुने गर्छन  । जसको तत्कालिन र दिर्घकलिन मूल्य वा महत्व धेरै रहन्छ । यस्तै महत्व राख्ने ३ निर्णय कपिलवस्तुको स्थानीय प्रशासनले गरेको छ । जसले कोरोना संक्रमण रोक्नकलागि फलदायी हुन सके यो कपिलवस्तुका लागि सुखद बन्नेछ ।  

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६