प्रदेश

उपराष्ट्रपति पुनको कोरोना परीक्षण नतिजा नेगेटिभ



काठमाडौं, २ जेठ । कोरोना संक्रमण दिन प्रतिदिन बढ्दै गएपछि कोरोना परीक्षण गराउनेहरु पनि बढ्दै गएका छन् ।  उपराष्ट्रपति नन्दबहादुर पुनको कोरोना परीक्षण नतिजा नेगेटिभ आएको छ । उपराष्ट्रपति कार्यालयमा उपराष्ट्रपति पुनसहित ६४ जनाको पीसीआर टेष्ट गरिएकोमा सबै नतिजा नेगेटिभ आएको हो ।

सरकारको नीति तथा कार्यक्रममा सहभागी हुँदा पीसीआर परीक्षण रिपोर्ट देखाउनुपर्ने अनिवार्य गरिएकाले उपराष्ट्रपति कार्यालयमा रहेकाहरुको कोरोना परीक्षण गरिएको थियो । नेपालमा शुक्रबार विहानसम्म कोरोना संक्रमितको संख्या २५८ पुगेको छ । 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६