ब्रेकिंग न्युज

कोरोना परीक्षण नहुदा सम्म तौलिहवा अस्पत्ताल बन्द



कपिलवस्तु २ जेठ  कपिलवस्तुको तौलिहवा स्थित जिल्ला अस्पत्ताल बन्द भएको छ । त्यहा कार्यरत एकजना नर्समा कोरोना संक्रमण पुष्टि भएपछि सबै स्वास्थ्यकर्मीमा जोखिम वढेको जनाउदै अस्पत्ताल बन्द हुने भएको हो । अस्पत्तालद्धारा जारी बिज्ञीतीमा भनिएकोछ सबैको कोरोना परीक्षण नहुदा सम्मका लागि अस्पत्तालका सबै सेवा बन्द गरिएकोछ । निमित्त मेडिकल सुपरटेण्डेण्ट डा. गणेश क्षेत्रीको हस्ताक्षरमा जारी बिज्ञप्तीमा भनिएकोछ इमरजेन्सी र प्रसुती वहेकका सबै सेवाहरु अर्काे निर्णय नहुदा सम्मका लागि बन्द गरिएकोछ ।

    त्यहा कार्यरत स्टाफनर्समा ४ दिन पहिलो कोरोना संक्रमण पुष्टि भएको थियो । नर्सलाई तौलिहवाकै आइशोलेशन अस्पत्तालमा राखिएको छ । अहोरात्र सेवामा खट्ने सहकर्मी नर्स संक्रमित भएकोमा स्वास्थ्यकर्मी चिन्तीत भएकै वखत आफूहरुमा पनि जोखिम रहेकाले परीक्षण नहुदा सम्म अस्पत्तालको सेवा  बन्द गरेका हुन् । 

प्रकाशित : २ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६