स्वास्थ्य

कार्यकर्ताका काँधमा पार्टी,नेकपाको हातमा दशकौंसम्म देश



कपिलवस्तु ३ जेठ । नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल र सचिव रामचन्द्र शाह( विष्णुु)ले पार्टी स्थापना दिवसको शुभकामना दिदै कार्यकर्ताका काँधमा पार्टी रहेकाले यतिबेला नेकपाका हातमा देश हुन पुगेको वताउनु भएको छ । यो अवस्थालाई अझ मजवुत पार्दै दशकौंको यात्रामा खरो सावित भएर समाजवाद स्थापनाको लक्ष्यमा पुग्ने अपेक्षा उहाहरुले प्रकट गर्नु भएको छ ।नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई विधिवत एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरिएको दुई वर्ष पुरा भएको सुखद् अवसरमा नेकपा कपिलवस्तुले विज्ञप्ती मार्फत शुभकामना सन्देश जारी गरेको हो  ।

        जारी विज्ञप्तीमा नेपालको वामपन्थी, लोकतान्त्रिक आन्दोलनमा जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गदै नेपाली कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनुहुने नेताहरुको सघर्षपूर्ण यात्राको स्मरण र  उच्च सम्मान प्रकट गर्दछौं भनिएको छ । जारी विज्ञप्तीमा समाजवाद उन्मुख सामाजिक, आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने कार्यका निम्ति पार्टी एकतालाई थप सुदृढ, सबल बनाउदै पार्टीलाई अझ उचाईमा लैजानका निम्ति सबै पार्टी कार्यकर्ता एवम् शुभेच्छुकको रचनात्मक भूमिकाको खाचो हुने उल्लेख गरिएको नेकपा जिल्ला प्रचार तथा प्रकाशन विभागले जनाएको छ । 

एकिकरणको मूलभूत सवाल  :

    नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई विधिवत एकीकरण गरी नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरिएको आज दुई वर्ष २०७७ साल जेष्ठ ३ गते पुरा भएको छ । २०७५ साल जेष्ठ ३ गते दुई ठूला कम्पयुनिष्ट पार्टी बीच ६ बुदे सहमती गर्दै पार्टी एकिकरण भएको थियो । मुख्यगरी  सार्वभौमसत्ता, स्वाधीनतन, भौगोलिक अखण्डता, राष्ट्रियता हित, एकता, स्वाभिमान, समृद्धि, राजनीतिक स्थायित्व, दिगो शान्ति र सुशासनमा साथै समाजवाद उन्मुख सामाजिक आर्थिक रुपान्तरणबाट समृद्ध नेपाल निर्माण गर्ने उद्घोष सहित पार्टी कार्यकर्ताको भावना अनुसार पार्टी एकता गरिएको हो ।दुवै पार्टीको शीर्ष नेतृत्वले सक्रियता र दृढताका साथ पार्टी एकीकरणका जटिल पक्षहरुलाई समेत सहज तुल्याउदै आजको अवस्थासम्म आइपुग्न नेतृत्व प्रदान गरेको स्मरण गरिएको छ । समाजवाद स्थापनाको महान लक्ष्य पुरा गर्ने दिशामा अघि बढन समाजवाद उन्मुख जनताको जनवादका रुपमा अगाडी बढनेमा विश्वास प्रकट गरिएको छ । 

         शान्तिपूर्ण प्रतिस्पर्धा मार्फत श्रेष्ठता हासिल गर्ने, संविधानको सर्वोच्चता, विधिको शासन, स्वतन्त्र न्यायपालिका, मानवधिकार एवम्  मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धायुक्त आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधीहरुद्धारा सरकार संचालन , प्रतिपक्षको संवैधानिक ब्यवस्था लगायत आधुनिक लोकतन्त्रका विश्वब्यापी मूल्य मान्यतामा प्रतिवद्धता छ भनिएको छ । मार्गदर्शक सिद्धान्त माक्र्सवाद लेनिनवाद हुनेछ भनिएको छ । जनवादी केन्द्रीययताको संगठनात्मक सिद्धान्त र सामुहिक नेतृत्व एवम् ब्यत्तिगत उत्तरदायित्वको आधारमा आधारमा पार्टीको निर्माण र संचालन हुने उल्लेख गरिएको छ । यो पार्टी जनआधारित कार्यकर्ता पार्टी हुनेछ भनिएको छ । पार्टीमा आन्तरिक लोकतन्त्र र अनुशासनको सन्तुलन रहनेछ भनिएको छ । 

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६