सूचना र प्रविधि

कञ्चन गाउपालिकाद्धारा राहतकोषको खर्च सार्बजनिक



कञ्चन ३ जेठ  रुपन्देहीको कञ्चन गाउपालिकाले कोरोना भाइरसको सम्भाबित संक्रमणलाई रोकथाम तथा न्युनिकरण गर्न गरिएको लकडाउनका कारण समस्यामा परेका कञ्चनका बिपन्न घरपरिवारहरुलाई दिएको राहत बितरण गर्दा भएको खर्च सार्वजनिक गरेको छ ।कञ्चन गाउपालिकाले बिषम परिस्थितीमा समस्यामा परेकाहरुको उद्धार र राहत प्रदान गर्न गाउपालिकाले स्थापना गरेको राहत कोषमा कञ्चनमा क्रियाशिल संघसंस्था,कर्मचारी,सहकारी,बैंक,शिक्षक तथा बैदेशिक रोजगारमा रहेका कञ्चनवासीहरुबाट आर्थिक,भौतिक रुपमा बिनाशर्त प्राप्त भएको सहयोग प्रति धन्यबाद ब्यक्त गर्दै खर्च सार्बजनिक गरेको हो ।


            लकडाउनका कारण समस्यामा परेका बिपन्न घरपरिवारहरुलाई गाउपालिकाबाट बितरण गरिएको पहिलो चरणको राहत सामाग्री,स्वास्थ्य सामाग्री खरीद,क्वारेन्टाइन निर्माण र क्वारेन्टाइनमा रहेकाहरुलाई आवास सहित खाना ब्यबस्थापन गर्दा भएको खर्च २३ लाख ४७ हजार ८ सय चौहत्तर रुपैया २८ पैसा सार्बजनिक गरेको हो । 

            गाउपालिकाका अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीद्धारा हस्ताक्षरित खर्च सार्बजनिक पत्र अनुसार राहात सामाग्री अन्र्तगत चामल १३ लाख १ हजार ६ सय पैसट्ठी रुपैया, नुन,दाल,साबुन खरीदमा २ लाख ३६ हजार २ सय २७ रुपैया, खाने तेल खरीदमा २ लाख ६१ हजार ४ सय ५९ रुपैया ४० पैसा, स्वास्थ्य सामाग्री खरीदमा ४१ हजार ५ सय ६६ रुपैया ८८ पैसा, तालिम खर्च १ हजार ७ सय रुपैया र क्वारेन्टाइन ब्यबस्थापनमा ५ लाख ५ हजार २ सय ५६ रुपैया गरी २३ लाख ४७ हजार ८ सय ७४ रुपैया २८ पैसा खर्च सार्बजनिक गरेको छ।

प्रकाशित : ३ जेष्ठ २०७७, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६