मधेश

सर्लाहीबाट पेस्तोलसहित २ जना पक्राउ



सर्लाही,४ जेठ । सर्लाहीमा पेस्तोल सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–४ बाट पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ परेकामध्ये एक जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ  । प्रदेश प्रहरी कार्यालय र प्रहरी चौकी मधुवनीबाट खटिएको संयुक्त टोलीले बगैँचामा लुकेर बसिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।

        प्रहरीले उनीहरूको साथबाट एक थान कटुवा पेस्तोल, एक थान चाइनिज पेस्तोल र छ राउण्ड गोली बरामद गरेको जनाएको छ । पक्राउ परेका उनीहरुका बारेमा सुक्ष्म अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : ४ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६