कोशी

धनकुटा अस्पताल सिल



धनकुटा, ५ जेठ ।  धनकुटा अस्पतालमा कार्यरत स्टाफ नर्सलाई कोरोना संक्रमण  पुष्टि भएपछि अस्पताल क्षेत्रलाई सिल गरिएको छ।  स्वास्थ्यकर्मीलाई नै संक्रमण देखिएपछि स्थानीय प्रशासनले धनकुटा नगरपालिका–७ को चार किल्ला तोकेर सिल गरेको हो।  अस्पताल सिल भएसँगै धनकुटा–७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोसम्मको क्षेत्रलाई सिल गरिएको जिल्ला प्रशासनले जनाएकोछ  । उक्त क्षेत्रमा अनिश्चितकालका लागि सिल गरिएको र थप संक्रमितहरुको पहिचानका लागि ट्रेसिङ तथा परीक्षण गरिने छ ।  

 अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण देखिएपछि अस्पतालभित्र थप सतर्कता अपनाइएको धनकुटा अस्पतालका निमित्त मेडिकल सुरपरिटेन्डेट डा. पुजन विश्वकर्माले बताउनुभयो ।  जिल्ला प्रशासन कार्यालय धनकुटामा आइतबार राति सम्पन्न सुरक्षा प्रमुख र सरोकारवालाको बैठकले संक्रमित कार्यरत अस्पताल क्षेत्रलाई सिल गर्ने निर्णय गरेको थियो ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६