मधेश

बाराका कोरोना संक्रमित पत्रकार भएको खुलासा



काठमाडौं ५ जेठ। बाराका कोरोना संक्रमित पत्रकार भएको खुलेको छ ।सोमबार स्वास्थ्य मन्त्रालयले जारी गरेको सूचनामा बाराका एक जना र रौतहटका ८ जनामा कोरोना पुष्टि भएको उल्लेख छ ।बाराको करैयामाई निवासी उनी पत्रकार रहेको स्रोतले बतायो । उनी बारा जिल्लाका पाँचौं संक्रमित हुन् ।यसअघि पर्सामा सक्रिय २, उदयपुरमा १ र जनकपुरमा १ जना पत्रकारमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै कुल कोरोना संक्रमित पत्रकारको संख्या ५ पुगेको छ ।संक्रमित पत्रकारहरूको देशका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।सोमबार रौतहटका ८ र बाराका १ जना कोरोना संक्रमित थपिएपछि नेपालभर कोराना संक्रमण पुष्टि भएका व्यक्तिहरुको संख्या ३ सय ४ पुगेको छ ।नेपालमा दुई जनाको कोरोनाकै कारण मृत्यु भएको छ । पहिलो मृतक सिन्धुपाल्चोककी महिला र दोस्रो मृतक बाँकेका युवक हुन् ।

 

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६