स्वास्थ्य

कोरोनाबाट आमा गुमाएका शिशु र परिवारका सदस्यको रिर्पोट नेगेटिभ


५ जेष्ठ २०७७, सोमबार


काठमाडौं ५ जेष्ठ । कोरोनाभाइरसका कारण मृत्यु भएकी सिन्धुपाल्चोककी महिलाका १३ दिने शिशुसहित परिवारका चार जना सदस्यको कोरोना नेगेटिभ देखिएको छ। धुलिखेल अस्पतालमा गरिएको पिसिआर परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा सुमनराज ताम्राकारले जानकारी दिए। २९ वर्षीय ती सुत्केरी महिलाको मृत्युपछि कोरोना भएको पुष्टि भएपछि शिशुसहित परिवारका चार जना सदस्यलाई आइसोलेसनमा राखिएको थियो।परिवारका बाँकी सदस्यमा मृतककी श्रीमान, आमा र बहिनी छन्।नतिजा नेगेटिभ देखिएपछि शिशुसहित सबैलाई जिल्लाको क्वारेन्टाइनमा पठाउने तयारी गरिएको छ।

सेतोपाटी

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे