प्रदेश

लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्‍द्वारा स्वीकृत



काठमाडौं, ५ जेठ । मन्त्रिपरिषद्‍ले लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटिएको नेपालको नक्सा मन्त्रिपरिषद्‍ले स्वीकृत गरेको छ । मन्त्रिपरिषदले भूमि व्यवस्था मन्त्रालयले तयार पारेको भारतद्वारा अतिक्रमित भूमि समेटिएको नेपालको नयाँ नक्सालाई स्वीकृत गरेको छ ।

                आइतबारको मन्त्रिपरिषद्‍मा भूमि व्यवस्था मन्त्री पद्मा अर्यालले यो नक्सा प्रस्तुत गर्नु भएको थियो । नयाँ नक्सामा भारतले अतिक्रमण गरेका नेपालका लिपुलेक, कालापानी र लिम्पियाधुरालाई समावेश गरिएको छ । भारतले २ नोभेम्बर, सन् २०१९ मा सार्वजनिक गरेको नक्सामा नेपालको भू-भाग समेटिएपछि तत्कालै संसदीय समितिहरूले नेपाल सरकारलाई पनि नयाँ नक्सा सार्वजनिक गर्न दबाब दिएका थिए । भारतले नेपालको कालापानी हुँदै सडक निर्माण गरेर यही मे ८ मा उद्घाटन गरेपछि  नेपालमा त्यसको विरोध हुँदै आएको छ ।

प्रकाशित : ५ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६