सूचना र प्रविधि

अमेरिकाको मोडेर्ना कम्पनीको दावि : खोपले कोरोना भाइरसलाई मार्छ


६ जेष्ठ २०७७, मंगलबार


काठमाडौं ६ जेष्ठ ।अमेरिकाको मोडेर्ना कम्पनीले बनाएको एक खोपले कोरोना भाइरसलाई मार्न सक्ने दाबी गरिएको छ । खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न सक्ने कम्पनीले दाबी गरेको बिबिसीले जनाएको छ । अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई ‘कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ’, बिबिसीले लेखेको छ ।

      सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ। शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

              अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ। अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्। एमआरएनए(१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो। सो खोप कोरोनाभाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ।

प्रकाशित : ६ जेष्ठ २०७७, मंगलबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे