ब्रेकिंग न्युज

प्रदेश सरकारले आईशोलेशन बनाउन रकम दिदैन : मन्त्री बराल



कपिलवस्तु ७ जेठ  चारदिन अघि कपिलवस्तुको जिल्ला प्रशासन कार्यलयमा प्रदेशका आन्तरीक मामिला मन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा बसेको बैठकले कपिलवस्तुमा ५ वटा आइशोलेशन सेन्टर स्थापना गर्ने निर्णय गरयो । प्राय सबै पालिकाका प्रमुखहरु रहेको बैठकमा प्रदेशले सघाउने आश्वासन पाएपछि एक दुई होइन ५ वटा आईशोलेशन बनाउन पालिका प्रमुखहरु कस्सीए । 

            कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पैडेलका अनुसार सो बैठकमा मन्त्री केसीले प्रदेशले सघाउछ  पालिकाले नेतृत्व गरेर अइशोलेशन वनाउनुस भन्दै  हुदै सोही अनुसारको निर्णय पनि  । यता कपिलवस्तुको  मयादेवि स्थित पकडी र फुलिकामा तौलिहवाको महिला विकास कार्यलयको भवनमा ,शिवराजको नलकुप परियोजनाको भवनमा र विजयनगरको आयूर्वेद अस्पत्तालमा गरी ५ ठाउमा तत्काल आईशोलेशन बनाउने निर्णय भयो ।

             प्रदेश ५ सरकारले पनि सघाउने भएपछि आईशोलेशन बनाउन स्थानीय पालिका अग्रसर बने । सो कामको समन्वय गर्ने जिम्मा बैठकले कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घ नरायण पौडेललाई दियो । निर्णय भएको  दोश्रो दिन प्रजिअले पालिकाका प्रमुखहरुलाई आइशोलेशन वनाउन काम थालि हालौ भन्ने प्रस्ताव गर्नु भयो । तर पालिकाका प्रमुखले जवाफ दिए प्रदेशवाट कति आउछ टुंगो  लगाउन पहल गर्नुहोस । प्रदेशवाट आउने निश्चित भएपछि काम शुरु भई हाल्छ । प्रजिअ पौडेलले प्रदेशले नदिदा सम्म पालिकाले काम थालि हाल्ने मानसिकतामा नहरको प्रेसपाटीलाई वताउनु भयो । 

          यता प्रदेशले के कति रकम पठाउछ भन्ने विषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीले  मन्त्रालयमा बुझ्ने पहल गर्नुभयो । सोही काममा कपिलवस्तुका नेता एवम नेकपाका इन्चार्ज गिरीधारी लाल न्यौपाने , अर्का नेता बलराम अधिकारी सहितको टोली बजेट निकासाको पहल गर्न र क्वारेण्टाइनमा बसेकाको सिघ्र जाँचको ब्यवस्था मिलाउन प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बराललाई भेट्न मन्त्रालय पुग्यो । कपिलवस्तुमा मन्त्री कुल प्रसाद केसीको अध्यक्षतामा भएको बैठकले गरेका निर्णय अनुसार आईशोलेशन बनाउने रकम छिटो निर्णय गरेर पठाई दिन नेताहरुले मन्त्रीलाई आग्रह गरे ।नेता गिरीधारी लाल न्यौपानेले मन्त्री बराललाई भेटेर कपिलवस्तुको संबेदनशील अवस्था प्रति गंभिर बन्न र आईशोलेशन वनाउन तत्काल निर्णय गरेर रकम निकासा दिन आग्रह गरेको वताउनु भयो । 

         तर मन्त्री सुदर्शन बरालले स्पष्टसंग नेताहरुलाई भन्नु भयो आईशोलेशन बनाउन प्रदेशले बजेट दिन्छ भनेर कसले भन्यो ? हामी त्यस्तो बजेट दिन सक्दैनौ। दिने तयारीमा पनि छैनौं मन्त्री केसीले के निर्णय गराउनु भएको हो उहाले नै वताउनु होला तर विभागीय मन्त्रीका हिसावले म स्पष्ट पारिदिन्छु आईशोलेशन बनाउने रकम प्रदेशले दिदैन । त्यति मै कुरो सिमित रहेन नेता गिरीधारी लाल न्यौपानेले यो बिषयमा कपिलवस्तुका प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउन मन्त्री बराललाई आग्रह गर्नु भयो । 

        मन्त्री बरालले टेलिफोेनवाटै प्रजिअ पौडेललाई भन्नु भयो आईशोलेशन बनाउने रकम प्रदेशले दिदैन । दिने नीति पनि छैन । बरु मैले स्थानीय सबै पालिकाले निर्णय गरेर कोष खडा गरेर आवश्यक आईशोलेशन वनाउन भन्दै लिखित पत्राचार गरिदिन्छु । तपाइले सोही अुनसारको सहजीकरण गर्नुहोस मन्त्री बरालले टेलिफोनमा  भन्नु भयो ।  नेता न्यौपानेका अनुसार यो संगै प्रदेश ५ सरकारले आईशोलेशन बनाउन रकम दिन्छ भन्ने आश सामाप्त हुन पुगेकोछ । पालिकाले प्रदेश सरकारवाट पत्र मगाउने निर्णय गर्ने र छिटो स्थापना गर्ने काम गर्नु पर्छ उहाले भन्नु भयो । 

प्रकाशित : ७ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६