कपिलवस्तु ७ जेष्ठ ।कपिलवस्तु जिल्लाका २६ जना पत्रकारको स्वाव संकलन गरिएको मध्ये १७ जनाको कोरोना भाईरसको नतिजा नेगेटिभ आएको छ । पत्रकार महासघंका केन्द्रिय सदस्य बसन्त गिरी, जिल्ला अध्यक्ष डिलाराम भुषाल लगाएतका पत्रकारहरुको नजिता नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय जनाएको छ । महाराजगंज, कृष्णनगरबाट १७ जनाको स्वाव संकलन गरिएको थियो । भैरहवा स्थित प्रयोगशालाले नेगेटिभ आएको विवरण पठाएको हो । यो सगं जोखिममा रहेका पत्रकारहरुमा कोरोना त्रास बढे सगै विभिन्न स्थानवाट स्वाव संकलन गरिएको थियो । वाणगंगावाट स्वाव संकलन गरेका ९ जनाको नतिजा आउन वाँकी रहेको महासंघका जिल्ला अध्यक्ष डिलाराम भुषालले जानकारी दिनुभयो । जिल्लामा अन्य पत्रकारहरुको पनि क्रमश स्वाव परिक्षण गरिने भुसालले जनाकारी दिनु भयो ।
।
प्रतिक्रिया