प्रदेश

थपिए १७ जना, नेपालमा कोरोना संक्रमितको संख्या ४४४ पुग्यो



काठमाडौं, ८ जेठ । विश्वमा महामारीको रुपमा फैलिदै गएको कोरोना भाइरका संक्रमित नेपालमा बढ्दै गएका छन् । नेपालमा आज बिहान थप १७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। यो सँगै नेपालमा संक्रमित हुनेहरूको संख्या ४ सय ४४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

            स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज जारी गरेको प्रेस विज्ञप्ति अनुसार धरानस्थित वि. पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र बिराटनगरको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि थप १७ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा  झापा कचनाकवल गाउँपालिका, धनकुटा र धरानका नमुनाहरूमा  भएको बताइएको छ।  संक्रमण पुष्टि भएकामा १५ जना झापाको कचनकवल गाउँपालिकाका पुरुषहरू रहेका छन् भने धनकुटाका एक जना पुरुषमा र धरानकी एक जना महिला छिन् ।  संक्रमितहरूको स्वास्थ्य अवस्था सामान्य रहेको रहेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६