कोशी

घुस बुझाएको अभियोगमा कर्मचारी पक्राउ



विराटनगर, ८ जेठ । प्रदेश नं १ आर्थिक मामिला तथा योजना मन्त्रालयका कर्मचारीलाई घुस रकम बुझाउन खोजेको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय मोरङका डिभिजन प्रमुख आनन्दकुमार झालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ ।डिभिजन प्रमुख झाले आर्थिक मामिला मन्त्रालयको बजेट योजना तथा कार्यक्रम महाशाखामा कार्यरत शाखा अधिकृत विदुर पौडेललाई रु १० हजार बुझाउन खोजेको अभियोग लगाइएको छ । झाले उक्त रकम खाममा राखेर आफ्नो कार्यकक्षको टेबलको घर्रामा राखिदिएको र   त्यसबारे सोध्दा उनले केही नभएको पौडेलले बताएका छन् । झाले आफूले पौडेललाई रु १० हजार खाममा राखेर टेबलमा राखिदिएको तर पौडेलले अस्वीकार गरेको जनाएका छन् ।

                           उक्त घटना भएपछि शाखा अधिकृत पौडेलले भ्रष्टाचारजन्य कसुरमा सजाय गराइपाऊँ भनी निवेदन दिएका थिए ।सो घटनाको सामान्य जानकारीपछि प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ठाडो आदेश दिँदै घटनामा सङ्लग्नलाई आयोगमा बुझाउन निर्देशन दिनुभएको थियो । लगत्तै आयोगको इटहरीस्थित कार्यालयले झालाई पक्राउ गरेको हो ।आर्थिक मामिला मन्त्रालयमा महिनौँदेखि अन्य मन्त्रालय तथा कार्यालयको फाइल रोकिँदै आएको गुनासो आएको छ । भर्खरै मात्र पौडेल रहेको महाशाखाका प्रमुख उपसचिव हरिहर पौडेलको सरुवा भएको थियो । उक्त शाखाका कर्मचारीले दुःख दिनाका साथै फाइलसमेत हराउने, फ्याँकिने र च्यातिने गरेको गुनसो अन्य मन्त्रालयका कर्मचारीले गर्दै आएका छन् ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६