सूचना र प्रविधि

नदी तटीय क्षेत्रका बासिन्दालाई होसियारी रहन् मौसम विभागको आग्रह


८ जेष्ठ २०७७, बिहिबार


काठमाडौं, ८  जेठ। बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातको प्रभावले नेपालमा पनि वर्षा हुने भएकाले आज बुधबार रातिदेखि नै विभिन्न खोलानालामा बाढी आउन सक्ने भन्दै नदी तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ।बुधबार विज्ञप्ति जारी गर्दै विभागले प्रदेश १ का हिमाली तथा पहाडी जिल्लाका एक(दुई स्थानमा ससाना खोलामा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन आग्रह गरेको छ।यस्तै प्रदेश १ का तराईका जिल्ला र प्रदेश २ का सप्तरी, सिराहका ससाना खोला तथा कन्काई, कोसी र यी नदीका सहायक खोलामा जलसतह बढ्ने सम्भावना रहेकाले नदी क्षेत्रमा सावधानी अपनाउन विभागले आग्रह गरेको छ।

प्रकाशित : ८ जेष्ठ २०७७, बिहिबार

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे