पर्यटन

कोरोना बिपदमा शिवराजको आक्रमक रणनीति ,एकैसाथ ३ एम्बुलेन्स किन्ने निती



कपिलवस्तुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुुु ९ जेठ   कोरोना बिपदको विरुद्ध शिवराज नगरपालिकाले  आक्रमक रणनीति अबलम्वन गरेकोछ । एकैसाथ ३ एम्बुलेन्स किन्ने निती अनुसार काम अघि वढाएर यस्तो सन्देश दिएको हो । मेयर नेत्रराज अधिकारीले बिभिन्न वडाले आवश्यक्ता महशुस गरेकाले एकैसाथ ३ एम्बुलेन्स खरिद गर्न लगिएको प्रेसपाटीलाई  जानकारी दिनु भयो । कोरोना संक्रमित बिरामीको उपचारमा सहजताकालागि कपिलवस्तुमा २ पालिकाले एम्बुलेन्स खरिद गर्ने प्रकृया अघि बढाएका छन । शिवराज नगरपालिकाले एकै पटक ३ र कपिलवस्तु नगरपालिकाले एक वटा एम्बुलेन्स खरिद गर्ने भएको हो ।

        तत्कालका लागि दुबै नगरपालिकाले एक एक एम्बुलेन्स भाडामा लिने तयारी गरेका हुन ।शिवराज नगरपालिकाले कोरोना संक्रमितको उपचारलाई मध्यनजर गर्दै सगरमाथा वेलफेर सोसाइटीसंग मासिक ३० हजार भाडा तिर्ने गरी एम्बुलेन्स भाडामा लिएको नगरपालिका प्रमख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले बताउनु भयो  । पौडेलले ३ वटा एम्बुलेन्स किन्नकालागी टेन्डर समेत निकालिएको बताउनु भयो । कोरोनोका महामारीमा एम्बुलेन्सको अभाव भएकाले खरिद प्रकृया अघि बढाईएको उहाले दावि गर्नु भयो  ।                         यता  कपिलवस्तुमा हाल सम्म १ हजार ९ सय ६२ जनाको स्वाव संकलन गरेको गरिएको छ ।  जसमा १ हजार १ सय ५८ जनाको रिपोर्ट नेगेटिभ आएको र ७ सय ४६ जनाको रिपोर्ट आउन वाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको हो । कार्यालयले विहिवार मात्रै ६ सय २० जनाको स्वाप संकलन गरेको उल्लेख गरेको छ । 

      कार्यालयले प्रकाशित गरेको जानकारीमा संक्रमीतको संख्या ६० भएपनि जिल्लावाट स्वाव संकलन गरिएकावाट हाल सम्म ५८ जनामा संक्रमण पुष्टी भएको हो । वाणगंगा र विजयनगरमा १ जना पुरुष र १ जना वालीकाको स्वाव संकलन शिक्षण अस्पताल काठमाण्डौ र भिम अस्पताल भैरहवामा गरिएकोमा रिपोर्ट पोजेटिभ आएकोले जिल्लामा संक्रमीतको संख्या ६० पुगेको उल्लेख गरिएको छ । यता जिल्लामा अहिले सम्म १ हजार ९ सय २० जना दु्रत परिक्षण गरिएको छ । जसमा ४८ जनाको परिक्षण पोजेटिभ आएको जनाएको छ । यस्तै विहिवार १ सय ७१ जनाको द्रुत परिक्षण गरेको स्वास्थ्य कार्यालयले जनाएको छ ।     जिल्लाका १० स्थानीय तहमा मंगलवार सम्म १ सय ९० स्थानमा क्वारेन्टाईन निर्माण गरिएको छ । जसमा ८ हजार ८ सय वटा सैयाको क्वारेन्टाईन वनाईएको हो । यसरी वनाईएका क्वारेन्टाईनमा हाल सम्म ८ हजार ८ सय ८८ जना रहेको समेत उल्लेख गरेको छ ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६