स्वास्थ्य

कञ्चनको क्वारेन्टाइनमा रहेका ७६ जनाको परिक्षण,सबैको नेगेटिभ



रुपन्देही ९ जेष्ठ । रुपन्देहीमा गत जेठ २ गते नेपाल भारत सिमामा अलपत्र परि कञ्चन गाउपालिकाद्धारा उद्धार गरिएका १०४ जना मध्ये ७६ जना नेपालीहरुको आर.डि. टी परिक्षण गरिएको छ । आर डि टी परीक्षण गरिएका ७६ जना सबैको आर डि टी रिपोर्ट नेगेटिभ आएको छ ।आर डि टी परिक्षण गरिएका ७६ जना मध्ये ३ जना कञ्चनका र ७३ जना बाह्य जिल्लाका रहेका छन । नेगेटिभ रिजल्ट आएका सबै ७३ जनालाई सम्बन्धित जिल्लाका अधिकारीहरुको समन्वयमा सम्बन्धित जिल्लामा पठाइने तयारी गरिएको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पन्थीले जानकारी दिनु भएको छ । कञ्चनको बिभिन्न क्वारेन्टाइनमा राखिएका ती ७३ जना नेपालीलाई सम्बन्धित जिल्लामा पठाउनको लागि सम्बन्धित जिल्लाका अधिकारीहरुसंग समन्वय भइरहेको र ती अधिकारीहरुले आफ्ना नागरिकहरुलाई जिल्लामा लैजानको लागि आवस्यक तयारी गरी भोली सम्म कञ्चनमा आइपुग्ने सम्बन्धित जिल्लाका अधिकारीहरुबाट जानकारी भएको कञ्चन गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत पन्थीले जानकारी दिनु भएको छ ।

             कञ्चनको लुम्बिनी ज्ञान निकेटन मा.बि।मा ३३ जना,रुद्रपुर मा.बि र प्रगती मा.बि. मा २७\ २७ जना र हरैया बहुमुखी क्याम्पसमा ३३ जना गरी ११० जना मध्ये ७३ जना बाह्य जिल्ला रहेका छन । बाह्य जिल्ला अन्र्तगत झापा,पांचथ,दाङ्ग,नवलपुर,नुवाकोटजिल्लाका१जना,गुल्मी,सुर्खेत,नवलपरासी,संखुवासभा,तेह्रथुम,स्याङजा जिल्लाका २\२ जना,धादिङ जिल्लाको ३ जना,मोरङको ४ जना र सुनसरीको २८ जना रहेका छन ।छिमेकी देश भारतबाट कञ्चनका थप ८ जनालाई उद्धार गरी क्वारेन्टाइनमा राखिएको छ भने क्वारेन्टाइनमा १४ दिन बसि कोरोना भाइरसको कुनै लक्षण नदेखिएको र सामान्य स्वास्थ्य अवस्था भएका २ जनालाई आज घरको सुरक्षित क्वारेन्टाइनमा रहनेगरी आज डिस्चार्ज गरिएको छ।नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो समय जारी गरेको कोरोना भाइरस संक्रमण पुष्टि भएका अधिकांश छिमेकी देश भारतबाट आएका नेपालीहरु रहेका छन ।

प्रकाशित : ९ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६