कोशी

बालिकालाई करणी गरेको आरोपमा झा पक्राउ



दमक ११ जेष्ठ । बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा झापाको गौरीगञ्जबाट शनिबार एक जना पक्राउ परेका छन् । गौरीगञ्ज–१ महाभाराकी अन्दाजी १४ वर्षीया बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपमा स्थानीयवासी अन्दाजी ४५ वर्षीय श्रीप्रसाद झालाई प्रहरीले पक्राउ गरेको प्रहरी चौकी कुन्जीबारीका इन्चार्ज दीपक कँडेलले जानकारी दिनुभयो । पीडित बालिकाले घरमा जानकारी गराएपछि अभिभावकले इलाका प्रहरी कार्यलय झिलझिलेमा किटानी जाहेरी दिएको आधारमा झालाई घरबाट पक्राउ गरिएको उहाँले बताउनुभयो ।पीडित बालिकाको स्वास्थ्य परीक्षण गराइएको छ । पक्राउ परेका झाले करिब एक वर्षयता विभिन्न प्रलोभनमा पारेर ती बालिकामाथि शोषण गर्दै आएको पीडितको जाहेरीमा उल्लेख छ । घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको इलाका प्रहरी कार्यालय झिलझिलेका इन्चार्ज प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिनुभयो ।

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६