अर्थ-वाणिज्य

संक्रमित जनप्रतिनीधिको पीडा : एम्वुलेन्सले नमान्दा स्कूटरबाटै रातारात कोरोना अस्पत्ताल



कपिलवस्तु ११ जेठ  कपिलवस्तुमा २९ एम्वुलेन्स छन् । यता कपिलवस्तुको बाणगंगा नगरमा ६ वटा एम्वुलेन्स रहेका छन् ।ती सबैलाई प्रदेश सांसद विष्णु पन्थी र स्वयम बाणगंगा नगरपालिकाले पिपिई सेट उपलब्ध गराएको छ । २ वटा एम्वुलेन्सलाई कोरोना पोजेटिभ बोक्न भनेरै नगरपालिकाले आफ्नै खर्चमा क्याविन राखिदिएको छ । तर जवजव कोरोना पोजेटिभ केस फेला पर्छन उनीहरुलाई आइशोलेसन पुराउनु पर्ने हुन्छ तव एम्वुलेन्सले वहानावाजी गर्छन । कसैले घरमा श्रीमति विरामी भन्छन् कसैले भैरहवा पुगेको वताउछन् । कसैले काठमाण्डौ जादैछु भन्छन् 

        आखिर विरामीले एम्वुलेन्स पाउदैनन् । शनिवार दिउसो ३वजे देखि राती ८ वजे सम्म खोज्दा खोज्दा कुनै एम्वुलेन्स उपलब्ध नभएपछि बाणगंगाका कोरोना पोजेटिभ जनप्रतिनिधी आफ्नै मोटर साईकलवाट बुटवल स्थित कोरोना अस्पत्ताल पुग्नु भयो । उहाले प्रेसपाटीसंग भन्नु भयो सधैभरी जनताको सेवामा खटियो । त्यही गर्दागर्दै पोजेटिभ भइयो । आफूलाई समस्या पर्दा कोही भएन साथ दिने राती स्कूटर चलाएरै अस्पत्ताल आउनु परयो । यता कपिलवस्तुकै अर्का कोरोना पोजेटिभ पत्रकारको पनि हालत उस्तै ,एम्बुलेन्स पाउन सकेनन् । कपिलवस्तुका प्रमुख जिल्ला  अधिकारी दिर्घ नारायण पौडेलसंग कोरोना पोजेटिभ पत्रकारलाई बुटवल पठाउन एम्वुलेन्स नपाएको पीडा पत्रकार महासंघका उपाध्यक्ष पार्वती पाण्डेले सुनाउनु भयो । प्रमुख जिल्ला अधिकारीले प्रहरी मार्फत एम्वुलेन्स खोज्दा खोज्दै रातीको १० वज्यो । तर एम्बुलेन्स उपलब्ध भएन । अन्तत्वगोत्वा प्रजिअ पौडेलले प्रहरीकै गाडीमा पत्रकारलाई बुटवल पठाउनु परेको महासंघ उपाध्यक्ष पाण्डेले फेसबुकमा लेखेको स्टाटसले देखाउछ । 

        यस्तो अवस्थाले जिल्ला कसरी चल्ने हो ? अन्योलता देखिएको छ ।  आफू सुरक्षित हुनु एम्वुलेन्स चालकको अधिकार नै हो । तर पिपिई लगाएर क्याविन सहितका एम्वुलेन्समा पछाडी विरामी राखेर आफू सुरक्षित भएर पनि सेवा दिन नचाहाने एम्बुलेन्स चालकहरु किन चाहिए भन्ने गंभिर प्रश्न खडा गरेकोछ । कपिलवस्तुका २९ एम्वुलेन्स संग केहि दिन अघि प्रमुख जिल्ला अधिकारीले राखेको समन्वय बैठकमा सेवा प्रदान गर्ने तर आफूहरुको सुरक्षा हुनुपर्ने माग चालकहरुले राखेका थिए । सोही माग अनुसार पिपिई मास्क सेनेटाइजर उपलब्ध भएको छ । केहि एम्वुलेन्समा क्याविन वनाएर चालकलाई सुरक्षित गरिएको छ । 

        तर विरामी आउदा उनीहरु मोटरसाइकल चलाएर रातीमा एक्लै जोखिमपूर्ण दौड गर्नु पर्ने ,प्रहरीले आफ्नै गाडीमा जोखिम मोलेर बोक्नु पर्ने ,सुरक्षित एम्वुलेन्स चालकहरु मस्तले बस्न पाउनु पर्ने यो कस्तो शुसासन हो ? कस्तो सदाचार हो ? यस्तो भएर ब्यवस्था कसरी चल्छ ? मान्छेहरु कसरी उपचार पाउन सक्छन् ? समयमै सोच्नु पर्ने भएको छ । 

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६