मधेश

कुटपिटबाट दुईको मृत्यु



सप्तरी, ११ जेठ । सप्तरीको डाकनेश्वरी नगरपालिका–९ सखुवामा काठको चिर्पट प्रहारबाट एक जनाको मृत्यु भएको छ । घाइते डाकनेश्वरी नगरपालिका–९ सखुवाका ५५ वर्षीय सुखदेव मण्डलको उपचारको क्रममा गए राति न्यूरो अस्पताल विराटनगरमा मृत्यु भएको मृतकका परिवारले जानकारी दिएको छ । शनिबार साँझ उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना भएका मण्डलको उपचार हुन नसकेपछि बिराटनगर लगिएको थियो ।

        डाकनेश्वरी नगरपालिका–९ का वडाध्यक्ष कर्णदेव चौधरीले बाटोमा घर बनाएको विषयमा मेहता परिवार र मण्डल परिवारबीच भएको विवाद र झडपमा घाइते सुखदेव मण्डलको मृत्यु भएको बताउनुभयो । पीडित परिवारले मुकेश महतो, फुरकुन भनिने देवेन्द्र महतो, शिवनारायण महतो, उमेश महतोलगायतले कुटपिट गरेको आरोप लगाएका छन् । मुकेशले नयाँ निर्माण गरिरहेको घर बाटोमा परेको भन्दै रोक्न गएपछि शुरु भएको विवादले उग्ररुप लिएको प्रत्यक्षदर्शीले बताए ।

            शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ल्याइएको छ । कुटपिटबाट सुखदेव मण्डलको मृत्यु भएको लिखित उजुरी नआए पनि मौखिक जानकारी आएपछि आरोपितहरुको खोजीकार्य शुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायाब उपरीक्षक तिलक भारतीले बताउनुभयो ।

         यसअघि वैशाख २३ गते भएको कुटपिटमा घाइते भएका सप्तरीको महादेवा गाउँपालिका–१ बल्थीका ८० वर्षीय सुविलाल यादवको बिहीबार मृत्यु भएको थियो । उपचारपश्चात वैशाख २७ गते डिस्चार्ज भई घरमा बसेका वृद्धको मृत्यु भएको भन्दै एक जनाविरुद्ध उजुरी परेको र हालसम्म पक्राउ नपरेको प्रनाउ भारतीले बताउनुभयो । (रासस)

प्रकाशित : ११ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६