विरगंज, १२ जेठ । कोरोना भाइरस परीक्षणको रिपोर्ट नआउँदै शव आफन्तलाई बुझाउने वीरगन्जको नेशनल मेडिकल कलेज सिल गरिएको छ । मृतकको रिपोर्ट कोरोना पोजेटिभ आएको पुष्टि हुनासाथ बाहिरी मानिसको आवतजावत न्यून गरी शिल गरिएको हो। मृतकलाई उपचार गरिएको अस्पतालको वार्डमा शिल गर्ने धेरै मानिसको मोमेन्ट हुन नदिने र स्वास्थ्यकर्मीहरुको वारेमा बुझ्ने कामहरु भइरहेको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिनुभयो ।
परीक्षणको रिपोर्ट नआई शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कारबाही गर्ने निर्णय भएको छ । स्वास्थ्य परीक्षणका लागि रिपोर्ट नआउँदै गएको जेठ ४ गते शव आफन्तलाई जिम्मा लगाउने मेडिकल कलेजलाई कार्वाही गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ। जिल्ला प्रशासन कार्यालय पर्सामा सोमबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । कारबाहीका लागि गृह मन्त्रालय मार्फत स्वास्थ्य मन्त्रलयमा सिफारिस गर्ने निर्णय भएको छ ।
प्रतिक्रिया