अर्थ-वाणिज्य

श्री सत्य साई केन्द्र निःशुल्क खाना खुवाउँदै



भैरहवा, १३ जेठ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल सरकारले लकडाउन गरेको दुई महिना पूरा भइसक्यो । लकडाउन घोषणा भएपछि त्यसलाई पालना गर्दै नागरिक घरमै बसिरहेका छन् । लकडाउनको प्रत्यक्ष मारमा विपन्न नागरिक परेका छन् । त्यस्तै बिरामी भएपछि लकडाउनमा पनि अस्पताल पुग्नुपर्ने बाध्यता छ । 

            अहिले अस्पताल वरपरका होटल पनि बन्द छन् तथा अस्पतालले सञ्चालन गर्ने क्यान्टिनले सबैलाई खाना पुग्दैन । जसका कारण विरामी र विरामी कुरुवालाई खान समस्या भइरहेको छ ।यही समस्यलाई मध्यनजर गर्दै श्री सत्य साई केन्द्र मेउडिहवा, भैरहवा अस्पताल परिसरमा निःशुल्क खाना खुवाउने अभियानमा लागेको छ । वैशाख १५ गतेदेखि भैरहवास्थित युनिभर्सल मेडिकल कलेज (युसीएमएस) मा सुरु गरिएको खाना खुवाउने कार्यक्रममा हालसम्म ६ हजार बढीलाई खाना खुवाइएको श्री सत्य साई केन्द्र मेउडिहवाका अध्यक्ष चन्द्रिका लामाले बताउनु भयो । 

            अस्पतालमा विभिन्न ठाउँबाट आउने विरामीहरुलाई खाना खाने समस्या नहोस् भन्ने उद्देश्यले निःशुल्क खाना खुवाइएको उहाँनले बताउनु भयो । खासगरी अस्पतालमा आउने विरामी तथा विरामी कुरुवालाई लक्षित गर्दै खाने खुवाइएको र आगामी दिनमा पनि निरन्तरता दिइने उहाँको भनाइ छ । हालसम्म युसिएमएसमा १४ पटक खाना खुवाइसकिएको श्री सत्य साई केन्द्र मेउडिहवाका शिक्षा संयोजक कमल श्रेष्ठले बताए । बिरामी तथा बिरामी कुरुवालाई खाना खुवाउने श्री सत्य साई केन्द्रको अभियान प्रशंसनीय रहेको सामाजिक अभियन्ता प्रख्यात बञ्जाडे बताउँछन् ।

प्रकाशित : १३ जेष्ठ २०७७, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६