सुदूरपश्चिम

क्वारेन्टाइन व्यवस्थापनमा खटिएका वडाध्यक्षको मृत्यु, कोरोना परीक्षण हुने



 कैलाली, १४ जेठ ।  कञ्चनपुरमा क्वारेन्टाइन व्यवस्थापनमा खटिएका एक जना वडा अध्यक्षको मृत्यु भएको छ । कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ७ का अध्यक्ष कल्लु रानाको मंगलबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।

        राष्ट्रिय माविमा क्वारेन्टाइन व्यवस्थापनमा जुटेका उनी एक्कासी बेहोस भएको बताइएको छ ।  ५८ वर्षीय रानालाई सेती प्रादेशिक अस्पतालमा उपचार गर्ने लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । उनको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।  वडा अध्यक्ष रानामा कुनै पनि रोगको लक्षणहरु यस अघि नदेखिए थिएनन् । उनी तन्दुरुस्त थिए। उनमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षण गर्ने अस्पतालले जनाएको छ । अस्पतालमा मृतक रानाको शव परिक्षण पश्चात स्वावको नमूना संकलन गरी परिक्षण गरिने बताइएको छ। 

प्रकाशित : १४ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६