सूचना र प्रविधि

रेडियो शितगंगा दोस्रो बर्षमा प्रबेश , पुर्व प्रधानमन्त्री र काग्रेश प्रवत्ताको शुभकामना



अर्घाखाँची १५ जेष्ठ ।  शितगंगा मिडिया प्रालि द्धारा सञ्चालित रेडियो शितगंगा १०७.९ मेगार्हज आजबाट दोस्रो बर्षमा प्रबेस गरेको छ । २०७६ साल जेठ १५ गतेको दिन देशकै ठुलो नगरपालिकामा पहिलो पटक आम सञ्चारको माध्यम रेडियो सञ्चालनमा आएको थियो । शितगंगा नगरपालिकाका बासीहरुको इक्छा चाहना पुरा गर्दै रेडियो सञ्चालन भएको दोस्रो बर्षमा प्रबेश गरे सँगै रेडियो सितगंगा यस क्षेत्रको प्रमुख सुचनाको माध्यम समेत बनेको छ । नगरपालिकाका सानासाना जानकारी मुलक चेतनामुलक तथा कमजोरी र सफताका बिभिन्न पाटाहरु सञ्चारको माध्यम बाट बिरलै मात्र आउने गरेकोमा रेडियो शितगंगा सञ्चालनमा आए पछि हरेक घटनाक्रमहरु लाई रेडियो सितगंगाले उठान गर्ने गरेको छ ।

              परिक्षण प्रशारणको समय देखिनै स्रोता सँग प्रत्यक्ष कुरा गर्दै स्रोताको चाहना अनुसारका बिभिन्न कार्यक्रमहरु समेत अहिले सञ्चालन भएका छन भने समाचारको माध्यमबाट हरेक दिन यस क्षेत्रका बिभिन्न घटनाक्रम जानकारी तथा देश बिदेसका समाचार प्रसारण भएरहेका छन । ग्रामिण क्षेत्रमा रहेको सितगंगाबासीको प्रमुख सुचना तथा समाचार जानकारीको माध्यम रेडियो भएकोले पनि करि २० जनाको लगानीमा रेडियो शितगंगा सञ्चालनमा आएको हो । 

              रेडियो शितगंगाले उठान गरेका कयौ समस्याहरु सम्बन्धीत निकायमा समाधान भएका छन । शितगंगा नगरपालिका वडा नम्बर २ को सिफारिसमा सञ्चालनमा आएको यो एसटियल प्रबिधि बाट सञ्चालनमा आएको थियो बिभिन्न स्रोताको माग र बिभिन्न कारणले रेडियो सितगंगा २०७६ माघ २० गते बाट एसटिएल प्रबिधि हटाउदै वडा नम्बर ३ मै रहेको कार्यलय बाट डिजिटल रुपमा सञ्चालन भइरहेको छ ।

              रेडियो शितगंगा शितगंगा नगरपालिकाकाको ७० प्रतिसत क्षेत्रमा पुर्णरुपमा प्रसारण सुन्न सकिन्छ भने जिल्लाका बिभिन्न स्थानिय तहमा आंसिकरुपमा र कपिलबस्तुको अधिकांस स्थान  सहित रुपन्देहि,पाल्पा, प्युठान,दाङ,रोल्पा,रुकुमपुर्व मा आंशिक रुपमा सुन्न सकिन्छ भने मोबाइल इन्टरनेट बाट बिभिन्न कार्यक्रम बिश्वको जुनसुकै देशमा सुन्न सकिन्छ ।

             प्रदेशमा रहेका जिल्लाबासीहरुको मागलाइ संबोधन गर्दै रेडियो शितगंगा वेव साइटमा र हाम्रोपात्रो एप्समा समेत केहि समयमै सुन्न सकिने छ । रेडियो शितगंगा सञ्चालन गर्न त्यति सजिलो थिएन बिभिन्न खिचातानी र खुट्टा तान्ने प्रवृति यो रेडियो सञ्चालनमा समेत भएका थिए तर पनि यो एउटा सफलताप्राप्ति भएको शितगंगा मिडिया प्रालिका अध्यक्ष नारायण सर्मा बताउनु हुन्छ ।

                रेडियो शितगंगा प्रसारणको दोस्रो बर्षमा प्रबेस गरेको अबसरमा पुर्व प्रधानमन्त्री तथा नेकपाका बरिष्ठ नेता माधव कुमार नेपालले एक विज्ञप्ती जारी गर्दै शुभकामना ब्यत्त गर्नु भएको छ । विज्ञप्तीमा भनिएको छ  रेडियो सितगंगा एफएमले गणणतन्त्र दिवसको पावन अबसरमा पहिलो बर्ष पुरा गरि दोस्रो बर्षमा प्रबेस गरेकोमा यस रेडियोका सञ्चारकर्मी ,स्रोता सञ्चालक समितिहरुमा बधाइ तथा शुभकामना ज्ञापन गर्दछु ।यस्तै नेपाली काग्रेशका प्रचार बिभाग प्रमुख तथा प्रवत्ता बिश्वप्रकास समाले समेत रेडियोको बार्षिक उत्शबको अबसरमा शुभकामना ब्यत्त गर्नु भएको छ । आम जनताको प्रमुख सुचनाको माध्यम रहेको यो रेडियोल सत्यतथ्य समाचार सुचना संम्प्रेसणमा अझ अगाडि बढदै लोकतन्त्रको मुल्य र मान्यता अनुसार रेडियो शितगंगाले निष्पक्षता संगै सकारात्मक भुमिका निर्वाह गरोस भन्दै शुभकामना ब्यत्त गर्नु भयोे ।

        यस्तै नगरपालिकाको एक मात्र रेडियो नगरबासीको प्रमुख सुचनाको माध्यम भएको भन्दै यसको सफलताको कामना नगर प्रमुख सुर्य प्रसाद अधिकारीले गर्नु भएको छ । रेडियो शितगंगा दौनिक १८ घण्टा सञ्चालनमा आएको सुचना शिक्षा मनोरञ्जन तथा समाचार  प्रसारण भइरहेका छन ।

प्रकाशित : १५ जेष्ठ २०७७, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६