जीवनशैली

संचार क्वारेण्टाइनमा विभिन्न संस्थाको ध्यान



कपिलवस्तु १६ जेठ । कपिलवस्तु संचार सहकारी संस्थाद्धारा संचालीत वुद्धआवाज संचारगृहमा कार्यरत संचारकर्मी हरुलाई समाग्री सहयोग उपलव्ध गराईएको छ । विगत १ हप्ता देखि गृहमै क्वारेन्टाईन वनाई नागरिकलाई सूचना प्रवाह गरिरहेका संचारकर्मी लाई खाद्यान्न समाग्री सहयोग उपलव्ध भएको हो । वाणगंगा नगरपालीका वडा नं ४ गजेहडामा रहेको संचारगृहमा ८ जना संचारकर्मीका लागि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) कपिलवस्तुले दैनिक आवश्यक पर्ने खाद्यान्न, हरियो तरकारी, दुग्ध जन्य पदार्थ सहित स्वस्थ्य सामाग्री शुक्रवार विहान हस्तान्तरण गरेको हो । 

        अनेरास्ववियूका केन्द्रिय सदस्य टुकलाल गैरे, जिल्ला संयोजक बावुराम अर्याल, सह–संयोजक दयाराम पौडेल लगाएतका जिल्ला स्तरका युवा नेताहरुले समाग्री हस्तान्तरण गर्नु भएको छ । क्वारेन्टाईनमा वसेका संचारकर्मीलाई खाद्यान्नमा समस्या नहोस तथा नियमित रुपमा प्रोटिन युक्त खानेकुरा खानुपर्ने जनाउदै समाग्री उपलव्ध गराएको अनेरास्ववियूका जिल्ला संयोजक वावुराम अर्यालले वताउनु भयो । सो अवसरमा सवै संचारकर्मीको स्वास्थ्य अवस्थाको वारेमा जानकारी आदान प्रदान गरिएको थियो । 

        संचारगृहद्धारा संचालीत सामुदायिक रेडियो वुद्धआवाज र टेलीभिजनमा कार्यरत दुई संचारकर्मीमा कोरोना पोजेटिभ देखिएपछि उहाँसंगको नजिकका सम्पर्कमा आउनु भएका संचारकर्मीहरु अहिले विगत एक हप्ता देखि क्वारेन्टाईनमा वस्दै आउनु भएको छ । अनेरास्ववियू कपिलवस्तुले संचारगृहका साथै अन्य क्षेत्रमा पनि नियमित रुपमा राहतमुलक कार्यक्रम तथा सहयोग गर्दै आएको सह संयोजक दयाराम पौडेलले वताउनु भयो । यसैक्रममा संचारगृहमा पनि सहयोग प्रदान गरेको उहाँको भनाई छ । सामाग्री हस्तान्त्रण  कार्यक्रममा वोल्दै केन्द्रिय सदस्य टुकलाल गैरेले विपद तथा महामारीको समयमा आफ्नो संगठनले नियमति रुपमा उद्धार, सहयोग तथा राहतका कार्यक्रम संचालन गर्दै आएको र अहिलेको कोरोना महामारीको समयमा आफ्ना सदस्यहरुलाई परिचालन गरि न्युनिकरण र रोकथामका लागि काम गरिरहेको वताउनु भयो । 

        यसैविच शुक्रवारनै वाणगंगा नगरका स्वास्थ्य शाखा अधिकृत भक्तिराम पाण्डेले सवै संचारकर्मीको स्वास्थ्य अवस्थाको जाँच गर्नु भएको छ । उहाँले गर्मि मौसम तथा यो समयमा अन्य भाईरल प्रकोप समेत वढ्ने हुदा खानापानमा उचीत ध्यान दिनु पर्ने वताउनु भयो । उहाँले सवैको स्वास्थ्य अवस्था समान्य रहेको र कसैलाईपनि कुनै प्रकारको लक्षण नदेखिएको स्वास्थ्य जाँचको क्रममा पाएको वताउनु भयो । संचारक्षेत्रमा नेपालकै पहिलो र एक मात्र क्वारेन्टाईनवाट अहिले संचाकर्मिले नियमित रुपमा नागरिकलाई सूचना प्रवाह गर्दै आएका छ्न् । 

        दैनिक समाचारमुकल संगै जानकारी मुलक कार्यक्रम उत्पादन तथा प्रशारण गर्दै आएका छन् । क्वारैन्टाईनमा रहेको समयमा संचारकर्मीलाई वाणगंगा नगरद्धरा नियमित स्वास्थ्य जाँच, औषधी व्यवस्थापन तथा ताजा तरकारी उपलव्ध गराउदै आएको छ भने यसअघि प्रेस युनियन कपिलवस्तुले खाद्य समाग्री तथा गैरसरकारी संस्था सिद्धार्थ सामाजिक विकास केन्द्रले महिला संचारकर्मीका लागि मर्यादा किट उपलव्ध गराएको थियो । वुद्धआवाजमा रहेका संचारकर्मीको गएको जेठ १४ गते स्वाव संकलन गरि परिक्षणका लागि काठमाण्डौ पठाईएको छ । नजिता अहिले सम्म नआएको संचारगृहले जनाएको छ ।

प्रकाशित : १६ जेष्ठ २०७७, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६