एजेन्सी, १८ जेठ । महामारीको रुपमा फैलिएको कोरोना भाइरसको कहरले विश्वभर ६१ लाख ५३ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् । विश्वका २१३ मुलुकमा ६१ लाख ५३ हजार ३८० जना संक्रमित भएका हुन् । पछिल्लो २४ घण्टामा १ लाख २४ हजार १ सय नयाँ संक्रमित थपिएका छन् । यस्तै एकै दिन अरू ४ हजार बढीको मृत्यु हुँदा ज्यान गुमाउनेको संख्या ३ लाख ७० हजार ८७० पुगेको छ ।
३० लाख ४७ हजार ९६१ जनाको उपचार भइरहेकोमा ५३ हजार ५०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको त । त्यस्तै २७ लाख ३४ हजार ५४९ जनाले कोरोना भाइरस जितेका छन् ।कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा आइतबार विहानसम्म १ लाख ७३ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । यस्तै एसियाली मुलुकहरुमा ३० हजार २०७ जनाको मृत्यु भएको छ । ११ लाख ७ हजार ५२१ जना संक्रमित भएकोमा ६ लाख ७२ हजार ३९२ जना संक्रमणमुक्त भएका छन् ।
विश्वमा सबैभन्दा बढी प्रभाव परेको कोरोना भाइरसका कारण त्यहाँ १ लाख ५ हजार ५ सय ५७ जनाको मृत्यु भएको छ । अमेरिकामा १८ लाख १६ हजार ८२० जना संक्रमित भएका छन् । त्यस्तै ५ लाख ३५ हजार २३८ जना कोरोना भाइरस मुक्त भएका छन् ।
प्रतिक्रिया