ब्रेकिंग न्युज

कपिलवस्तुले माग्दैछ गुहार ,ध्यानदेऊ सरकार ! तत्काल २ हजारको नतिजा आँउदैछ



कपिलवस्तु १८ जेठ । कोरोना संक्रमणका हिसावले नेपालकै सबैभन्दा धेरै  संक्रमित देखा परेपछि उच्च जोखीममा पुगेको कपिलवस्तुप्रति संघिय सरकार र प्रदेश सरकार अविलम्ब थप संबेदनशील हुनु पर्ने देखिएकोछ । कपिलवस्तुले यतिबेला माथिल्ला दुबै सरकारसंग हार गुहार गरि रहेको अधिकारकर्मी पोमनारायण पौडेल वताउनु हुन्छ  । कम्तीमा १ वटा कोरोना विशेष अस्पत्ताल बनाउन  कसैको स्वास्थ्य गंभिर बनेमा राख्ने आईसियूको ब्यवस्था मिलाई दिन संघिय सरकार र प्रदेश सरकार समक्ष सत्तारुढ पार्टीका नेताका हिसावले आफूले जोडदार माग गरेको वताउनु हुन्छ नेकपा कपिलवस्तुका अध्यक्ष झविलाल पोख्रेल ।

        यता कपिलवस्तुका सांसदहरु चक्रपाणी खनाल बलदेव,पूर्वमन्त्री दिपकुमार उपाध्याय,सांसद विमला घिमिरे कपिलवस्तुलाई तत्काल उचित ध्यान दिन भन्दै संघिय सरकारको स्वास्थ्य मन्त्रालयमा पटक पटक पुगेर छलफल गरेको प्रेसपाटीले विवरण प्राप्त गरेकोछ। यता कपिलवस्तुवाट स्वास्थ्य क्षेत्रको माथिल्लो ओहोदामा पुग्नु भएका डा. पुष्पराज खनाल पनि कपिलवस्तुका लागि छिटटै केहि ब्यवस्था मिलाउने जानकारी दिई रहनु भएकोे छ। प्रदेश ५ का सांसद बिष्णु पन्थीको कोरोना विशेष परिक्षण ल्याव स्थापना ,आइशोलेशन निर्माण जस्ता विषयमा दौडधुप पनि जारी नै छ । तर ठयाक्कै यो उपलब्धी भयो भन्ने वातावरण बनेको छैन। यस्तै हुदा हुदै स्थिती काबु वाहिर गयो भने को जिम्मेवार हुने  ? गंभिर प्रश्न सबैका सामु खडा भएकोछ। 

        यता यस अघि कपिलवस्तुलाई  विविध हिसावले उपेक्षा गरेको भएपनि वा सघाएकै भएपनि यस महामारीका बेला विशेष ध्यान दिन कपिलवस्तुवासीले सामाजिक मिडिया मार्फत पटक पटक अपिल गर्ने क्रम जारी नै छ । यता  जेठ १७ सम्मको विवरण अनुसार कपिलवस्तुका १० पालिकामा स्वाव संकलन गरिएकोमा नतिजा नआएको संख्या २०५५ रहेको छ ।जस  मध्ये महाराजगंजमा ४७५ जना,यशोधरामा २८५ जना , कृष्णनगरमा २५२ जना,शिवराजमा २५१ जना रहेका छन् । बाणगंगामा २११ जना, मायादेवि गाउपालिकामा १८१ जना ,बुद्धभूमीमा १२९ जना,कपिलवस्तु नगरपालिकमा १ सय जना ,शुद्धोधन गाउपालिकामा ९७ जना,विजयनगरमा ६० जना  र तौलिहवा अस्पत्तालका १४ जनाको नतिजा आउन वाकी  रहेको तौलिहवा अस्पत्तालका कोरोना फोकल पर्सन  कुमार थापाले प्रेसपाटीलाई बताउनु भएको छ ।  

        यता कपिलवस्तुको यशोधरा गाउपालिका कोरोना संक्रमणका हिसावले नेपालकै सबैभन्दा उच्च जोखिमको पाकिलामा परेकोछ।एउटै पालिकामा  १०० जना संक्रमित फेला परेपछि कपिलवस्तुको यशोधरा कारोना संक्रमणका हिसावले नेपालक हटस्पट बनेको हो । सो पालिकामा २ वर्षकी  एक वालिका र एक महिला संक्रमित भएकाछन् ।संक्रमित महिलाका ७ महिनाका वालक समेत संक्रमित रहेकाछन् ।  ती वाहेक संक्रमित  सबै पुरुषहरु रहेका छन्। 

    अहिले सम्म कपिलवस्तुका अन्यपालिका तर्फ संक्रमणका हिसावले महाराजगंज नगरपालिकामा ४३ जना , कृष्णनगर नगरपालिकामा ३५ जना, कपिलवस्तु नगरपालिकामा २८ जना, बिजयनगर गाउपालिकामा १६ जना , मायादेवि गाउपालिकामा १५ जना, बाणगंगा नगरपालिकामा १२ जना, बुद्धभूमी नगरपालिकामा ८ जनासंक्रमित पुुगेका छन् । यस्तै शिवराज नगरपालिकामा ६ जना र शुद्धोधन गाउपालिकामा २ जना रहेका छन। यो संगै कपिलवस्तुमा २६५ जना संक्रमित भएका छन् ।   

    यता प्रदेश ५ का मुख्य मन्त्री शंकर पोख्रेलले गृह जिल्ला दाङ र कर्मथलो रुपन्देही हेरेर मात्र पुग्दैन । कपिलवस्तु कै जस्तो हालत दाङ वा रुपन्देहीमा भएको भए उहालाई निद्रा लाग्दथ्यो होला की नाई ? सायद यसको उत्तर उहासंग मात्रै छ होला । एकातिर  प्रदेश ५का मुख्यमन्त्री पोखरेल सातै प्रदेशका भन्दा बढी क्षमता राख्नु हुन्छ। तार्किक र बौद्धिक क्षमता उहामा उच्च छ, । कुशल ब्यवस्थापकीय क्षमता रहेको नेता मानिनुहुन्थ्यो ।

       तर यतिबेला कपिलवस्तुले मुख्यमन्त्रीको महामारी विपद उच्च क्षमताको अपेक्षा गरि रहेकोछ। कपिलवस्तुले सिगो मुलकका ७६ जिल्लालाई पछि पारी सक्यो । यहाकै यशोधरा गाउ पालिकाले देशभरका पालिकाकालागि उछिनी सक्यो । यस्तो बेलामा मुख्यमन्त्रीले कपिलवस्तुका लागि चाल्ने कदममा एक दिनपनि ढिला गर्नु हुदैन । कपिलवस्तुलाई उचित ब्यवस्थापन गरेर संभावित क्षेती न्यूनीकरण गर्न सकेमात्र प्रदेश ५ का मुख्यमन्त्री पोखरेल र  प्रदेशको इज्जत जोगिनेछ भन्नु हुन्छ हाल अमेरीकामा रहनु भएका कपिलवस्तुका नेकपाका सस्थापक नेता टिकाराम अर्याल । 

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६