जीवनशैली

डडेल्धुरामा क्वारेन्टाइनमा बसेका बालकको मुत्यु



डोटी १८ जेठ  । डडेल्धुरा जिल्ला सदरमुकामस्थित डडेलधुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा नवदुर्गा गाउँपालिका–३ का ६ वर्षीय बालक छन् ।गएराति १२ बजेतिर उनको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।आमा–बाबुसँगै भारतको मुम्बइबाट उनी शनिबार राति १२ बजे मात्रै डडेल्धुरा आइपुगेका थिए ।

    ‘उहाँहरू राति पुगेपछि क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो,’ प्रनाउ न्यौपानेले भने, ‘हामीकहाँ फोन आयो, बालक गम्भीर बिरामी छ भनेर । यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं ।’डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट मेसु डा जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे । उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो ।ती बालकले ज्वरोको उपचार गराइरहेको बुझिएको उनले बताए ।

        यसअघि उनको मुम्बईस्थित एक अस्पतालमा मलेरियाको उपचार भएको पारिवारिक स्रोतले जनाएको छ ।उनको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरी पठाइसकेको निमित्त मेसु विष्टले जानकारी दिए । ‘रिपोर्ट आएपछि मात्र दाहसंस्कार गर्ने कि भन्ने कुरा चलेको छ,’ विष्टले भने, ‘यस विषयमा प्रशासनसँग छलफल भइरहेको छ ।’

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६