ब्रेकिंग न्युज

कपिलवस्तुका ३ सहित ४ अस्पत्तालवाट डिस्चार्ज ,अव लक्षण बिनाका बिरामी भर्ना गर्दैनौ : डा खनाल



बुटवल १८ जेठ । कोरोनालाई जितेर १६ दिनको बसाईपछि  बुटवलको कोरोना विशेष अस्पतालवाट कपिलवस्का ३ सहित  ४ जना संक्रमित आइतबार डिस्चार्ज भएका छन् । अस्पतालमा चिकित्सकको निगरानीमा राखिएका उनीहरुमा पछिल्लो पटक गरिएको परीक्षणमा नेगेटिभ देखिएपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् ।  अस्पतालका फोकल पर्सन डा। सुदर्शन थापाले स्वस्थ्य व्यक्ति सरह आहारविहार गरेका उनीहरुलाई आफ्नो समूदायमा गएर कोरोनाबाट बच्ने उपाय सिकाएर पठाएको बताए ।अस्पतालका मेसु खनालले अब लक्षण नदेखिएका र सामान्य प्रकृतिका कोरोना संक्रमितलाई भर्ना नगर्ने डा राजेन्द्र  खनालले बताए ।

    ‘कुनै औषधीमूलो गरिएन,’उनले भने, ‘मात्र पोषणयुक्त खाना दिनको ४ पटक खुवाउने र शारीरिक तथा मानसिक स्वास्थ्यमा सजग गराउने काम गर्यौं ।’ उनीहरु कपिलवस्तु र रुपन्देहीका हुन् । अस्पतालमा ल्याएपछि उनीहरुको ३ पटक कोरोना परिक्षण गरिएको थियो । लगातार २ पटकको परीक्षण नेगेटिभ आएपछि उनीहरुलाई डिस्चार्ज गरिएको अस्पतालका मेडिकल सुपरीटेण्ट डा राजेन्द्र खनालले बताए । उनीहरु घरमा गएपनि अरु व्यक्तिसंग घुलमेल हुन पाउनेछैनन् । ‘उहाहरु २ हप्ता होम क्वारेन्टाइनमा बस्नुहुनेछ,’ उनले भने,‘२ हप्तापछिको स्वाब परिक्षणमा नेगेटिभ देखिएपछि मात्रै सर्वसाधारण सरह घुलमेल हुनुहुनेछ।’

    संक्रमित मध्ये कपिलवस्तुको यशोधरा गाउँपालिका का २ जना वैशाख ३० गते अस्पताल आएका थिए । उनीहरु दुवैजना भारतको मुम्बईबाट वैशाख १३ गते कपिलवस्तु आएका थिए । कपिलवस्तुकै बुद्धभूमि नगरपालिकाका युवा वैशाख ३० गते अस्पताल आएका थिए । उनी वैशाख १४ मा भारतको दिल्लीबाट आएका थिए । यस्तै रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका युवा वैशाख २९ मा अस्पताल ल्याइएका थिए । उनी पनि भारतबाको मुम्मइबाट आएका थिए । बुटवलको कोरोना अस्पतालमा अब ३२ जना बिरामी छन् । त्यसमध्ये एक जना आईसीयुमा छन् । अन्य सामान्य छन् । अहिलेसम्म १५ जना संक्रमित निको भएर गएका छन् । 

प्रकाशित : १८ जेष्ठ २०७७, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६