प्रदेश

पश्चिमी वायुको प्रभाव बिहानैबाट वर्षा, यस्तो छ तीन दिनको मौषम पूर्वानुमान



काठमाडौं, १९ जेठ । देशभर पश्चिमी वायुको प्रभावले आज बिहानैदेखि विभिन्न स्थानमा वर्षा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकमा पश्चिमी वायुको आंशिक प्रभावकासाथै पूर्वी भूभागमा बनेको निम्न चापीय रेखाको प्रभावले प्रदेश ५, गण्डकी र बागमती प्रदेशमा बिहानैदेखि वर्षा भएको हो ।

यस्तो छ तीन दिनको मौषम पूर्वानुमान

जेठ १९ गते सोमबार

दिउँसोः देशको पूर्वी भूभागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम आंशिक बदली रहनेछ। पूर्वी भूभागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा  मेघगर्जनरचट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भूभागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भूभागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ २० गते मंगलबार

दिउँसोः देशको पूर्वी भूभागहरु लगायत  मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।पूर्वी भूभागहरुका थोरै स्थानहरुमा र मध्य तथा पश्चिमी पहाडी भूभागका एक दुइ स्थानमा  मेघगर्जन र चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पूर्वी भूभागहरुमा सामान्य बदली र मध्य पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागमा मौसम  सामान्यतया सफा रहनेछ। पूर्वी भूभागका थोरै स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित  वर्षाको  सम्भावना रहेको छ।

जेठ २१ गते बुधबार

दिउँसोः देशको पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। पहाडी भूभागका एक दुई स्थानहरुमा मेघगर्जन र चट्याङ सहित हल्का  वर्षाको  सम्भावना रहेको छ।

रातीः  देशको पश्चिमी भूभागहरुमा सामान्य बदली रहि मध्य र पूर्वी भूभागमा आंशिक बदली रहनेछ। बाँकी भूभागमा मौसम  सामान्यतया सफा रहनेछ। पश्चिमी र पूर्वी भूभागका एक दुई स्थानहरुमा  मेघगर्जन र चट्याङ सहित हल्का वर्षाको  सम्भावना रहेको छ।

प्रकाशित : १९ जेष्ठ २०७७, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६