विचार/ब्लग

आत्मबल हामीसँग छ पहिचान गरौं, नडराऔं



आत्मबल के हो ? सबैभन्दा ठूलो बल हो-आत्मबल । जीवन बचाँउने कला हो आत्मबल हाम्रो शरीरको लागि ऊर्जाको स्रोत हो । दिमाग, मन र बुद्धिको केन्द्र नै आत्मको शक्ति हो ।  जति हामी हाम्रो क्षमता र दक्षतामा विश्वास गर्छौं, त्यति नै हाम्रो जीवन सफल हुनेछ, र हामी आफ्नो क्षमतालाई जति धेरै इन्कार गर्छौं, त्यति नै हामी विजय र सफलताबाट टाढा रहनेछौं ।आत्मबल सबैसँग हुन्छ । त्यसको पहिचान र प्रयोग गर्नु पर्छ । प्रयोग गरे बढ्छ हामीले विश्वास गर्यौ भने ईश्वरले हामीलाई बिश्वास गर्नुहुन्छ मलाई लाग्छ कि सबैभन्दा सुन्दर चीज भनेको आत्मविश्वास र आफैलाई प्रेम गर्नु हो।  

        आत्मशक्ति या आत्मबल यस्तो क्षमता हो, जसले मानिसलाई अगाडि बढ्न र नयाँ काम गर्नको लागि प्रेरणा प्रदान गर्छ संसारमा जति पनि सफल मानिस छन्, उनीहरूको सफलतामा आत्मविश्वासको ठूलो भूमिका छ  त्यो आफै बढाउने हो जो पहिल्यै देखि आफैसँग छ सकारात्क सोच नै मानिसको जीवनको उर्जा हो । भनिन्छ बन्दूकको नालमा भन्दा सकारात्मक सोचमा हजारौँ गुना बढी शक्ति हुन्छ  त्यसैले डर भगाएर आत्मबल उच्च पार्नु पर्छ ।आत्मविश्वास बढाउनका लागि सबैभन्दा पहिला आफूभित्रको डरलाई हटाउन जरुरी हुन्छ भनिन्छ जे गर्दा डर भाग्छ त्यही गर्नुपर्छ ।

        सामान्य अवस्थामा पनि शरीरलाई तन्दुरुस्त राख्नुपर्छ । यस्तो प्रकोप र तनावका बेला थप ध्यान दिनुपर्छ । स्वस्थबर्द्धक खानेकुरा खानुपर्छ । दिनमा कम्तीमा तीन लिटर पानी पिउनुपर्छ  कोरोनाको नकारात्मक सामग्री हेरिरह्यो भने निद्रा लाग्दैन युट्युबमा दिमाग शान्त बनाउने अनेक तरिका भिथ सिकाइएको भिडियो हुन्छन्, तिनलाई पछ्याउनु  एकदमै प्रभावकारी हुन्छन्  तर व्यायाम उबलभ एकदमै आवश्यक छ । घरको सरसफाई गर्ने, आफूलाई सक्रिय राख्ने गर्नुपर्छ । 

        तनाव भयो भन्ने बहानामा जाड,रक्सी खानुहुन्न । यसले त चिन्ता घटाउने होइन, झन् बढाउँछ  सुख–दुःख सेयर गर्नुपर्छ । यसो गर्दा तनाव रिलिज हुन्छ ।अहिले अनलाइन टेलिभिजन हेर्दा लाग्छ, दुनियाँमा कोरोनाको त्रासबाहेक केही छैन । मन हल्का बनाउने उपाय असाध्यै कम छन् । जस्तो  कोरोनालाई जितेकाहरुको कथाले धेरैलाई राहत दिन्छ । उसको भोगाइ पढ्दा आत्मविश्वास बढ्छ । ।हामीमध्ये धेरैलाई के लागेको छ भने त्यति विकसित र सिस्टम भएको युरोपमा त्यतिधेरै मान्छे मरिरहेका छन् भने हामीकहाँ के होला हरेक पल यस्तै भयले सताइरहेको हुन्छ तर त्यसरी सोच्नुहुन्न । झन्डै ९० प्रतिशत मान्छे त ‘रिकभर’ भइरहेका छन् ।    

प्रकाशित : २१ जेष्ठ २०७७, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६